• आदर्शसंग अतिथी कार्यक्रम शुरु


    भरतपुर/हरितालिका तिज २०७९ को सन्दर्भ पारेर आदर्श नारी विकास केन्द्र केन्द्रीय कार्यालय चितवनले अतिथिसंग आदर्श कार्यक्रम सुरु गरेको छ । कुनैबेला विविध घटनामा परि न्याय पछि पनि अन्यौलतामा बाचिरहेका प्रभावित महिलाहरुलाई प्रेरणा दिन र महिलामाथिको हिंसा निराकरणका उपायको खोजी गर्न यो कार्यक्रम शुरु गरिएको हो । अभावलाई शक्तिमा, पिडालाई आँट र हिम्मतमा परिणत गरि सफल बन्नुभएकी संस्थाकी आजीवन सदस्य सुमन सिलवाल (सामना पहाड) संग शनिबार पहिलो चरणमा उहाँको जीवन भोगाई र आगामी यात्राबारे छलफल गरियो । सिलवाल विभिन्न बाधा र अवरोह पार गर्दै हाल निजामती अधिकृत तहमा कार्यरत हुनुहुन्छ ।
    सिलवालले पितृसत्ताका कारण आफ्नो जीवनमा पनि नसोचेको घटना भएको र यो पीडालाई हिम्मतमा परिणत गरि सफल बनेको यथार्थ प्रस्तुत गर्नुभयो । जिवनमा अगाडी बढ्न इच्छाशक्ति र निरन्तरको लगावअनिवार्य हुने उहाँको बुझाई छ । “पितृसत्ताको कारण महिलाहरु खुलेर आफ्नो लक्ष्यमा अगाडी बढ्न सकेका छैनन् उहाँले भन्नुभयो,हामीले दिने संस्कारले पितृसत्तालाई मलजल गरिरहेको र यसले महिलामाथिको हिंसा बढाएको छ ।” महिला हिंसा विरुद्ध गरिने अबका कार्यक्रम चासो व्यक्त गर्ने मात्र नभई समस्याको निराकणतर्फ केन्द्रितहुनुपर्ने उहाँको निष्कर्ष थियो ।
    सबै प्रकारका हिंसा शोषण र अन्यायमा परेका महिला तथा बालबालिकाको न्यायका लागि लड्दै आएको संस्थाले प्रेरणादायी व्यक्तिसंग समसामयिक महिलाका विषयमा छलफल गराउने उद्धेश्यले अतिथिसंग आदर्श शुरु गरेको संस्थाका अध्यक्ष मीना खरेलले जानकारी दिनुभयो । अध्यक्ष खरेलले पछिल्लो समयमा घरेलु हिंसाका घटना डरलाग्दो रुपमा बढ्दै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो । घरबाहिर भन्दा घरभित्र ८० प्रतिशत घटना हुने गरेको र यसको निराकरण आजको आवश्यकता भएको उहाँको भनाई थियो ।
    संविधानले लिंगको आधारमा कुनैपनि भेदभाव गर्न पाइदैन भनेपनि घरभित्रको हिंसा नरोकिएको अधिबक्ता इन्दु कोइरालाले बताउनुभयो । घरेलु हिंसा नियन्त्रणका लागि घरेलु हिंसा नियन्त्रण ऐन २०६६ आएको छ तर यो ऐनमै सिमित छ । दिन प्रति दिन बढ्दो हिंसाका घटनाले सामाजिक सामिप्यता र पारिवारिक आत्मियता घटेको भन्दै उहाँले बालयौनदुराचारका घटनाले त झन् परिवार र आफन्तसंगको विश्वास समेत गुमिरहेको बताउनुभयो । बढ्दो महिला तथा बालबालिका माथिको हिंसा निराकरणका लागि आदर्श नारीले विशेष कार्यक्रममार्फत अभियान सञ्चालन गर्न लागेको संस्थाका उपाध्यक्ष उषा खरेल सुवेदीले बताउनुभयो । यसैबीच संस्थाले तीजको मर्मलाई सकरात्मक रुपमा प्रयोग गरि आमा छोरी, सासु बुहारी बीचको सामिप्यता कायम राख्नका लागि तिज विशेष बहस गर्ने निर्णय समेत गरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt