• स्वर्णलक्ष्मी सहकारीको स्थापना दिवसमा बालिकालाई भोजन


    भरतपुर/स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी सस्था लि.ले देबघाट स्थित श्री राम जानकी बालिका आश्रम (कन्या गुरुकुल) मा आश्रीत बालिकाहरुलाई भोजन ग्रहण गराएको छ । सहकारीले आफ्नो १४ औँ स्थापना दिवसको अवसरमा सो कार्यक्रम गरेको हो । उक्त कार्यक्रम संस्थाका संचालक अध्यक्ष कृष्णकुमार तमाङको अध्यक्षता तथा श्री राम जानकी बालिका आश्रमकी अध्यक्ष साबित्री टण्डनको बिशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियो ।
    कार्यक्रममा संस्थाका संचालक उजिर सिंह थापा, प्रमुख कार्यकारी अधिकृत तुलसीराम थापा, आश्रमका महासचिब रामेश्वर प्रसाद खनाललगायत सहकारीका कर्मचारी तथा आश्रीत बालिकाहरुको उपस्थिति रहेको थियो । असाहय बालिकाहरुको हेरचाह गरिहेको आश्रममा हाल ३५ जना बालिकाहरु आश्रीत रहेको आश्रमका महासचिब रामेश्वर प्रसाद खनालले जानकारी दिनु भयो ।
    कार्यक्रममा स्वागत मन्तब्य ब्यक्त गर्नुहुदै सहकारीका प्रमुख कार्यकारी अधिकृत थापाले साकोसले सामाजिक उत्तरदायित्व अन्तर्गत बिगतका बर्षहरुमा पनि स्थापना दिवस पारि बिभिन्न सामाजिक कार्यक्रमहरु गरी मनाएको र यस कार्यक्रम पनि त्यसैको निरन्तरता रहेको बताउनुभयो । कार्यक्रमको समापनको क्रममा बोल्नु हुँदै अध्यक्ष कृष्णकुमार तमाङले संस्था सामाजिक कार्यप्रति सदैव अग्रसर रहेको तथा आगामि दिनहरुमा पनि उक्त कार्यले निरन्तरता पाउने बताउदैँ संस्थाले १४ औँ बसन्त पार गरेको उपलक्ष्यमा संस्थाका सम्पूर्ण सदस्य, कर्मचारी, नियामक निकाय, सरोकालवाला तथा अन्य सहकारी अभियन्ताहरु प्रति धन्यवाद प्रकट गर्नु भयो ।
    पछिल्लो समयमा सहकारी क्षेत्रमा देखिएको तरलता जटिलता प्रति आफँुहरु गम्भिर रहेको बताउदैँ अध्यक्ष तामाङले संस्थामा पर्याप्त तरलता कायम रहेको कुरा जानकारी दिनुभयो । साथै आगामी दिनहरुमा संस्थाले थप उचाई प्राप्त गर्ने कुरामा पूर्ण विश्वस्त रहन समेत आग्रह गर्नु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt