बालकुमारी मा.वि.मा अक्षयकोष स्थापना


भरतपुर/नारायणगढ स्थित बालकुमारी माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरिएको छ । एस.एल.सी व्याच २०४७ का पूर्वविद्यार्थी स्वर्गीय स्वीकृत सूवेदीको स्मृतिमा बाबु–आमा नभएका गरिव तथा जेहेन्दार विद्यार्थी कक्षा १–१२ कक्षासम्मको अध्ययनको लागि दुईजनालाई छात्रवृत्ति प्रदान गर्न बुवा बालकृष्ण सुवेदी, बहिनिहरू लिलि सुवेदी र लक्ष्मी सुवेदी साथै बालमाविद् अलम्नाइ एसोसियसनका उपाध्यक्ष तथा ज्वाई भरत कुमार आचार्य र डा.मोहनचन्द्र रेग्मीबाट स्व.स्वीकृत सुवेदीको भाद्र १० गते परेको जन्मदिनको सम्झनामा एकलाख दुई हजार तीनसय पच्चीस रुपैयाको अक्षयकोष स्थापना गरिएको हो ।
विद्यालयको शैक्षिक उन्न्नयनमा सहयोग पुग्ने हेतुले अक्षयकोष स्थापना गर्नु भएकोमा सो अक्षयकोषले भावी दिनहरुमा विगतका दिनहरुको झल्को दिने विश्वास गरिएको दाताहरुको तर्फबाट ई. भरत आचार्यज्युले आफ्नो मन्तव्यको क्रममा शुभभावना व्यक्त गर्नुभयो । बालमाविद् अलम्नाई एसोसियनका अध्यक्षले दाताहरुप्रति कृतज्ञता ज्ञापन गर्नुहुँदै विद्यालय पुर्व विद्यार्थीहरुको साथ र सहयोगले लयमा फर्किदै गरेकोमा आफू अत्यन्तै हर्षित भएको भावना व्यक्त गर्नु भयो । मन्तव्यको क्रममा बालमाविद् अलम्नाईका पुर्व अध्यक्ष तथा स्वर्गीय स्वीकृत सुबेदीका सहपाठी आश्विन श्रेष्ठले विगतका दिनहरुको सम्झना दिलाउनु भयो ।
कार्यक्रमको वीचमा सो अक्षयकोषको चेक अक्षयकोषका संस्थापक श्री बालकृष्ण सुबेदीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपक प्रधानलाई हस्तान्तरण गर्नुभयो । वहाँले छोरा र छोरीलाई वोर्डिङ स्कुलबाट यति लामो दुरीको विद्यालयमा पठाउनुको पछाडी विद्यालयले त्यस समयमा स्थापना गरेको साखले गर्दा हो र पुनः यस विद्यालयले सो उपलब्धि हासिल गरोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । कार्यक्रममा दाताहरुलाई सम्मान गरिएको थियो भने विद्यालयको तर्फबाट अध्यक्ष दिपक प्रधानले वहाँहरुको योगदानले पक्कैपनि शैक्षिक स्तर उकास्न मद्दत मिल्नेछ र यसबाट विद्यालय पढ्नबाट बन्चित भएका विद्यर्थीहरु भविष्य उज्वल हुनेछ भन्ने विश्वास व्यक्त गर्नुहुँदै वहाँहरुप्रति कृतज्ञता व्यक्त गर्नुभयो ।
कार्यक्रमलाई संचालन तथा समापन गर्ने क्रममा विद्यालयका प्र.अ. आनन्दराज सापकोटाले उहाँहरू सबैको उच्चसम्मान गर्दै सु–स्वास्थ र उत्तरोत्तर प्रगतिको कामना सहित हार्दिक धन्यवाद व्यक्त गर्नुभयो साथै स्वर्गीय स्वीकृत सुवेदी प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै उहाँको आत्माको अमरत्वको कामना गर्नुका साथै विद्यालयको साख फिर्ता गर्न दत्तचित्त भई अगाडी बढ्ने प्रण गर्नुहुँदै कार्यक्रम समापन गर्नुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार