भरतपुर महानगरपालिका र बेलायतको रस्मोर ब्रो काउन्सिलकाका प्रतिनिधि बिच भेटघाट

आशिष अधिकारी

भरतपुर/भरतपुर महानगरपालिका र बेलायतको रस्मोर ब्रो काउन्सिलकाका प्रतिनिधि बिच शनिबार भेटघाट भएको छ । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल, उप प्रमुख चित्रसेन र बेलायतको रस्मोर ब्रो काउन्सिलका डेपुटी लिडर मौरिस सियान बिच भेटघाट भएको हो । भेट्का क्रममा नेपाल र बेलायत बिच लामो र ऐतिहासिक सम्बन्धको बारेमा कुराकानी भएको छ । भेटमा भरतपुर महानगर प्रमुख दाहालले सन १८१६ बाट नेपाली र बेलायत बिच सौहार्द पुर्ण र मैत्रीपूर्ण औपचारिक सम्बन्ध स्थापित भएको बारेमा जानकारी गराउनु भएको छ । त्यस्तै सन १९२३ मा नेपाली र बेलायत बिच मैत्री सन्धिले दुई देश बिचको सम्बन्धलाई थप औपचारिकता दिएको पनि प्रमुखले अवगत गराउनु भएको छ । त्यस्तै नेपालले सन २०१४ मा नेपाल बेलायत सम्बन्धको दुई सय बर्ष मनाएको कुरा पनि प्रमुख दाहालले स्मरण गराउनु भयो । प्रमुख दाहालले सो क्रममा बेलायत नेपालको ठूलो बिकास साझेदार मध्ये एक रहेको जनाउदै शिक्षा, स्वास्थ्य, भुकम्प पछिको पुन निर्माण लगाएतका थुप्रै सामाजिक क्षेत्रमा बेलायतको सहयोग रहेको मौरिस सियानलाइ बताउनु भएको छ । भेट्का क्रममा उप प्रमुखले महानगरको भौगोलिक अवस्था,बिस्वकै दुर्लभ एक सिङगे गैडा पाइने चितवन राष्ट्रिय निकुञ्ज, नारायणी तथा राप्ती नदिको बारेमा जानकारी गराउनु भएको थियोे । उप प्रमुख ज्यु ले भबिस्यमा नेपाल र बेलायतका बिचमा अझ प्रगाढ सम्बन्ध स्थापित रहने बिश्वास पनि व्यक्त गर्नु भएको छ । उप प्रमुख अधिकारीले भरतपुर महानगरले मित्र देशका शहरहरु सग सिस्टर सिटिको सम्बन्ध स्थापित गरि सहकार्य भइ रहेको जानकारी दिनु भयो । भेटमा सियानले भरतपुर महानगरले जानकारी गराएका विषय बस्तुहरुमा आफू सकारात्मक रहेको र सग सगै हातेमालो गरेर अगाडी बढ्ने बताएका छन । उनले यो भेटघाट निकै महत्त्वपूर्ण र फलदायी हुनेमा पनि बिश्वास व्यक्त गरेका छन । आगामी दिनमा बेलायत नेपालको बिकासको लागी सहयोग र सहकार्य गर्न पनि तयार रहेको सियानले प्रष्ट पारेका छन । दुई देश बिचको भेटलाइ भरतपुर महानगरले निकै अर्थपूर्ण ढगले लिएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार