• अटोमोवाइल्स साकोसको साधारणसभा सम्पन्न, अध्यक्षमा काफ्ले निर्वाचित


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर ३ स्थित अटोमोवाइल्स बचत तथा ऋण सहकारी सस्था लि.को दशौं वार्षिक साधारणसभा शनिबार नारायणगढमा सम्पन्न भएको छ । कार्यक्रममा वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका संचालक सदस्य तेजेन्द्र बहादुर खड्का प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी खड्काले कुनै पनि सहकारी नीति, विधि र प्रविधि अनुसार संचालन हुनुपर्ने वताउनु भयो ।
    अटोमोवाइल्स बचत तथा ऋण सहकारी सस्था लि.का अध्यक्ष भिमलाल न्यूरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथी खड्काले कतिपय सहकारीहरु सहकारीको मर्म विपरित संचालन भएको वताउँदै सरकारी क्षेत्रवाट अनुगमन र नियमन गरिनुपर्ने वताउनु भयो । सहकारीको माध्यमवाट समृद्धि सम्भव भएको वताउँदै खड्काले सहकारीको माध्यमवाट सदस्यहरु आत्मनिर्भर र स्वावलम्वि बन्न सक्नुपर्नेमा जोड दिनुभयो ।
    कार्यक्रममा उद्योग वाणिज्य संघ चितवनका उपाध्यक्ष राजेन्द्र ओली, चितवन जिल्ला सहकारी संघका सदस्य विष्णु प्रसाद वास्तोला, चितवन जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष हरिश्चन्द्र सुवेदी, भरतपुर १ का वडाध्यक्ष केशव महर्जन, चितवन अटोमोवाइस्स एशोसिएसनका अध्यक्ष कृष्ण प्रसाद भण्डारी, चेम्वर वहुउदेश्यी सहकारी सस्था लिका अध्यक्ष राम प्रसाद श्रेष्ठ, अटोमेकानिकल बचत तथा ऋण सहकारी सस्था लिका उपाध्यक्ष प्रेम प्रसाद पाण्डे, चौतारी बचत तथा ऋण सहकारी सस्था लिका अध्यक्ष विष्णु प्रसाद कँडेललगायतले वोल्नु भएको थियो । कार्यक्रम संचलक समेत गर्नु भएका सचिव पदमनाथ न्यौपानेले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन तथा आगामी कार्यकालको भावि कार्ययोजना प्रस्तुत गर्नु भएको थियो ।
    साधारणसभाले कृष्ण प्रसाद काफ्लेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा पदमनाथ न्यौपाने, सचिवमा सुनिल देवकोटा, कोषाध्यक्षमा मनोज खनाल चयन हुनु भएको छ । समितिको सदस्यहरुमा दिपक कुमार रानाभाट, सागर पौडेल, टुंग बहादुर श्रेष्ठ, दिनेश प्रसाद पाठक, शैलेन्द्र कुमार श्रेष्ठ, अन्जु श्रेष्ठ, सुनिता लिगल कर्माचार्य रहनु भएको छ । यसैगरी साधारणसभाले ज्ञानुप्रसाद न्यौपानेको संयोजकत्वमा तीन सदस्यीय लेखा समिति गठन गरेको छ । समितिको सदस्यमा कमल मानन्धर र माधव प्रसाद न्यौपाने रहनु भएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt