• स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न


    सन्तोष देवकोटा
    भरतपुर/नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखा र वीपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल भरतपुर चितवनको संयुक्त आयोजनामा बुधबार महिलाहरुको स्तन तथा पाठेघरको मुखको क्यान्सर परिक्षण तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाका सभापति गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो ।
    कार्यक्रममा वोल्दै प्रमुख अतिथी खनालले समृद्ध समाज निर्माणमा महिलाहरुको भूमिका महत्वपुर्ण रहँदै आएको वताउँदै वडा कार्यालय मार्फत हुने विभिन्न खालका सहयोगको लागि प्रतिवद्धता व्यक्त गर्नु भयो । रोग लागेर उपचार गर्नु भन्दा रोगै लाग्न नदिनु उत्तम भएको वताउँदै खनालले आम जनसमुदायलाई त्यसतर्फ ध्यान दिन आग्रह गर्नु भयो ।
    महिला तथा प्रशुती रोग विशेषज्ञ डा. शारदा कुँवरले क्यान्सर भयो भन्दैमा आत्तिनु नपर्ने वताउँदै समयमै उपचार पाए क्यान्सर रोग निको हुने वताउनु भयो । परिक्षणले १० वर्ष पछि क्यान्सर लाग्दैछ भन्ने पत्ता लगाउने वताउँदै उहाँले नियमित जाँच गर्नुपर्नेमा जोड दिनुभयो । वीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरका क्यान्सर अनुसन्धान तथा रोकथाम विभागका विभागीय प्रमुख डा. कृष्णप्रसाद सुवेदीले समयमै थाहा पाए सवैजसो क्यान्सर निकोहुने वताउनु भयो । सुर्तिजन्य पदार्थको सेवन र आहार, भोजन एवं जिवनशैली सुधार्न सके क्यान्सरवाट वच्न सकिने वताउनु भयो ।
    महाकालेश्वर आमा समुह र जनसितल टोल महिला समुहको सहआयोजना रहेको उक्त कार्यक्रम नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाका सचिव कृष्णहरि तिमल्सेनाले संचालन गर्नु भएको थियो । महाकालेश्वर आमा समुहकी उपाध्यक्ष उर्मिला रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा शारदा शर्मा पौडेलले क्यान्सर रोग संवन्धि प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा नेपाल अर्वुद रोग निवारण सस्था चितवन शाखाका निवर्तमान सभापति एवं होटल व्यवसायी महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुके, नेपाल अर्वुद रोग निवारण सस्थाका पुर्व केन्द्रिय उपमहासचिव बद्रीनाथ पोखरेल विशेष अथिती रहनु भएको थियो ।
    कार्यक्रममा सह आयोजक संस्था महाकालेश्वर आमा समुहकी अध्यक्ष नेत्र कुमारी पौडेल, जन सित्तल टोल महिला समुहकी अध्यक्ष लक्ष्मी लामीछाने, जन सित्तल टोल विकास संस्थाका अध्यक्ष दधिराम देवकोटा, हीमाली टोल विकास संस्थाका अध्यक्ष बद्रि खनाल, महाकालेश्वर टोल विकास संस्थाकी अध्यक्ष पार्वती खनाल, नेपाल अर्वुद रोग निवारण संस्थाका कार्य समिति सह कोषाध्यक्ष निस्ता खांड, सहसचिव रोशन थापा, सदस्य राममाया पिया, अनिता मैनाली, ऋतु गिरीलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt