• विजयनगरमा हंस भवन उद्घाटन तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न


    सन्तोष देवकोटा
    भरतपुर/नारायणगढ स्थित सहिदचोकमा मुख्य कार्यालय रहेको हंस वहुउदेश्यीय सहरकारी सस्था लि.ले भरतपुर १६ विजयनगर धरहराचोकमा हंस भवन उद्घाटन तथा सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । भवन उद्घाटनसंगै हंस वहुउदेश्यीय सहकारी सस्था लि. विजयनगर सेवाकेन्द्रको सेवा आफ्नै भवनवाट सुरु भएको छ । हंस वहुउदेश्यीय सहकारी सस्था लि.का अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी भरतपुर १६ का वडाध्यक्ष अमृतराज हमालले रिवन काटेर हंस भवनको उद्घाटन गर्नु भएको थियो । कार्यक्रममा वोल्दै कार्यक्रमका प्रमुख अतिथी हमालले करिव १० वर्ष अघि विजयनगरमा सेवाकेन्द्र स्थापना गरेको हंस सहकारीले स्थानीयको मन जित्न सकेको वताउँदै भरतपुर १६ र आसपासका मानिसहरुले हंस सहकारीलाई विश्वास गर्ने अवस्था सृजना भएको वताउनु भयो ।
    सहकारीले बचत तथा ऋण मात्रै भन्दा पनि अन्य आयमुलक वहुउदेश्यीय कार्यक्रम ल्याउन आवश्यक रहेको वताउँदै वडा कार्यालयको तर्फवाट आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो । हंस सहकारीले गर्दा विजयनगरमा उद्यमसिलता र आयआर्जनको वातावरण सृजना भएको वताउँदै सहकारीमा ढुक्क भएर कारोवार गर्न स्थानीयलाई आग्रह गर्नु भयो । कार्यक्रमका विशेष अतिथी भरतपुर १२ का वडाध्यक्ष लेखराज पन्त (हरी)ले अन्य सहकारीको तुलनामा हंस सहकारी सुरक्षित रहेको वताउँदै सहकारीको मर्म वुझेर कारोवार गर्न शेयर सदस्यहरुलाई आग्रह गर्नु भयो । १० वर्ष अगाडी विजयनगरमा हंस सहकारीको सेवा केन्द्र स्थापना गर्दाको समय स्मरण गर्दै विशेष अतिथी पन्तले सहकारी यो अवस्थामा आउन स्थानीयको भूमिका महत्वपुर्ण रहेको वताउनु भयो ।
    सहकारीका उपाध्यक्ष वावुराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा लेखा समितिका संयोजक गोविन्द पौडेलले सहकारीको अवस्थाको जानकारी गराउनु भएको थियो । सहकारीका सचिव शारदा शर्मा पौडेलले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहकारीका शिक्षा उपसमितिका सदस्य विदुर केसी र व्यवस्थापक नारायण प्रसाद सापकोटाले सहकारी शिक्षा र मोवाईल बैंकिङको वारेमा प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा हंस वहुउदेश्यीय सहकारी संस्था विजयनगर सेवाकेन्द्रका संयोजक ध्रुवकुमार ओझा, उपहार सामाजिक महिला उद्यमी सहकारी संस्थाका अध्यक्ष सावित्री गुरुङ, विजयनगर बजार व्यवस्थापन समितिका अध्यक्ष कुवेर पाख्रिन, विजय टोल विकास सस्थाका अध्यक्ष हरिश्चन्द्र लामिछानेलगायतले वोल्नु भएको थियो । कार्यक्रममा हंस भवन विक्रीकर्ता घरधनी रेखा देवकोटा र भरतपुर १६ का पुर्व वडा सदस्य राम प्रसाद ढकाललगायतलाई सम्मान गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt