• हंस सहकारीद्धारा सदस्यहरुसंग अन्तरक्रिया कार्यक्रम सम्पन्न


    भरतपुर/हंस बहुउदेश्यीय सहकारी संस्था लि. ले शेयर सदस्यहरु बीच अन्तरक्रिया कार्यक्रम नारायणगढमा सम्पन्न गरेको छ । संस्था स्थापनाको १३ औं वर्ष प्रवेशको पूर्व सन्ध्यामा आयोजित सदस्य अन्तरक्रिया कार्यक्रम मार्फत आफ्ना शेयर सदस्यहरुले के के सेवा सुविधा प्राप्त गर्न सक्छन् भन्ने बिषयमा जानकारी गराइएको थियो । कार्यक्रममा शेयर सदस्य हुँदा पाउने सेवा सुविधा र शेयर सदस्यले गर्नु पर्ने बचत र अन्य बिभिन्न बिषयमा सदस्यहरुसंगै अन्तरक्रिया गरिएको जानकारी संस्थाका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि दिनेशकुमार चुकेले बताउनु भयो । साथै संस्थाले वित्तीय संगै सामाजिक कार्यमा पनि नियमिति कार्यकमहरु गरिरहेको र छिट्टै बहुउद्धेशीय प्रकृतिको एक नयाँ व्यवसायिक परियोजनाका साथ संस्था अगाडी बढ्ने समेत बताउनु भयो ।
    कार्यक्रममा संस्थाका प्रवन्धक नारायण प्रसाद सापकोटाले सहजीकरण गर्नु भएको थियो । सापकोटाले सदस्यहरुलाई संस्थाको आर्थिक, प्राविधिक तथा अन्य विभिन्न गतिबिधिका बारेमा बिस्तृत जानकारी गराउनु भएको थियो । हंसका नयाँ सदस्यहरुले समेत संस्थाले प्रदान गरिरहेका सेवाहरुका बारेमा सजिलो गरी जानकारी पाउँन भन्ने उद्देश्यले सदस्य शिक्षा सहितको अन्तरक्रिया राखिएको उहाँले बताउनु भयो ।
    संस्थाको बचत वृद्धि उपसमितिको संयोजनमा गरिएको सो अन्तरक्रिया कार्यकम बचत वृद्धि उपसमितिका संयोजक तेजनारायण खरेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा बचत वृद्धि उपसमितिका सदस्य प्रकाश कुमार चुकेज्यूले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यकममा लेखा सुपरिवेक्षण समितिका संयोजक गोविन्द प्रसाद पौडेल, सचिव शारदा शर्मा पौडेलले संस्थाको गतिविधिको बारेमा जानकारी गराउनुभएको थियो । कार्यकममा सहभागी सदस्यहरुले संस्थाबाट प्रदान गरिने सेवा सम्बन्धि राख्नुभएको जिज्ञासाका बारेमा संस्थाका अध्यक्ष दिनेशकुमार चुके र प्रवन्धक नारायण प्रसाद सापकोटाले स्पट पार्नुभएको थियो ।
    प्रधान कार्यालय नारायणगढमा रहेको संस्थाले रत्ननगर र विजयनगर सेवाकेन्द्र मार्फत सेवा प्रदान गरिएको छ भने मेघौली जितपुरमा सेवाकेन्द्र संचालनको स्वीकृति लिई संचालनको तयारीमा रहेको छ । हाल १० करोड २१ लाख ३७ हजार ४ सय रुपैया सेयर पुँजी रहेको हंस सहकारीमा ५ करोड ५४ लाख १४ हजार ७ सय एक रुपैया कुल संस्थागत पुजी रहेको सहकारीका व्यवस्थापक नारायण सापकोटाले जानकारी दिनुभयो । यसैगरी सहकारीमा ६४ करोड १ लाख ७९ हजार ६ सय ११ रुपैया कुल बचत रहेको छ भने ६८ करोड ५ लाख ३४ हजार ८ सय ७४ रुपैया लगानीमा रहेको छ । ४ हजार ४० जना शेयर सदस्य रहेको उक्त सहकारीमा ८५ करोड ६८ लाख ३८ हजार १ सय ५७ रुपैयाँ कुल सम्पत्ती रहेको व्यवस्थापक सापकोटाले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt