• मा.वि. गंगानगरले राष्ट्रिय बालदिबश विभिन्न कार्यक्रम गरी मनायो


    भरतपुर/माध्यमिक बिद्यालय गङगानगरले राष्ट्रिय बाल दिबश २०७९ विभिन्न कार्यक्रम गरी मनाएको छ । बिद्यालयमा आयोजित विभिन्न कार्यक्रमको समापन बिद्यालय ब्यबस्थापन समिती अध्यक्ष सुदिप सुबेदीको प्रमुख आतिथ्यतामा भएको थियो । सो अबसरमा बाल कक्षा पि.जि .देखि १ सम्म तातो आलु प्रतियोगिता, कक्षा २ देखि ८ सम्मका बिधार्थीहरुले म्युजिकल चियर, सट फुटबल पेनाल्टी (बल स्कोर), स्लो साइकल रेस, छोटो दुरिको दौड प्रतियोगिता र कक्षा ९ र १० का बिद्यार्थीहरुले हाम्रो भरतपुर सफा र सुन्दर उत्कृष्ट पर्यटकिय गन्तब्य बिषयमा बक्तित्वकला प्रतियोगितामा भाग लिएका थिए ।
    कार्यक्रमको सभापतित्व मा.बि.गङगानगर बाल क्लब संयोजक पुजा कडरियाले गर्नुभएको थियो भने संचालन कक्षा १२ का बिश्व अधिकारीले गर्नुभएको थियो । बक्तित्वकला प्रतियोगितामा अशल घिमिरे प्रथम, सुजन न्यौपाने द्धितीय तथा नमुना भट्टराई र सक्षम दवाडीले तृतीय स्थान हासिल गरेका थिए । सो अबसरमा बिधालयका प्र.अ. गणेश प्रसाद सुवेदीले सबै बिधाका सफल बिधार्थीहरुलाई बधाई तथा शुभकामना ब्यक्त गर्नुभएको थियोे । प्रमुख अतिथि सुवेदी ले राष्ट्रिय बाल दिबश २०७९ को मुल नारा “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार ।“ बिषयमा प्रष्ट पार्दै बिधार्थीहरु भबिष्यको कर्णधार भएकाले सबै क्षेत्रमा अब्बल बनाउने बिधालयको अभियानले सार्थकता पाउन थालेको बताउनु भयो । उक्त अबसरमा कक्षा २ देखि ८ सम्मका बिधार्थीहरुले विभिन्न जात जातिका नृत्य प्रस्तुति गरेका थिए । कार्यक्रममा सहायक प्र.अ माधब पौडेल तथा सृजना ढकालले सहजिकरण गर्नुभएको थियो भने शैक्षिक संयोजक दिपेश पौडेलले समग्र ब्यबस्थापन गर्नुभएको थियो साथै निर्णायकको भुमिकामा पुष्पा कडरिया, दिपेना ढकाल र सुधा पोख्रेल रहनुभएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt