• रोज रामुदामुद्धारा जन्मदिनमा सानो घरलाई आर्थिक सहयोग


    सन्तोष देवकोटा
    भरतपुर/सफल युवा व्यवसायी रुविन रामुदामु तथा शान्ति रामुदामुकी छोरी रोज रामुदामुले आफ्नो जन्मदिनको अवसरमा शनिबार भरतपुर १२ स्थित सानो घरलाई आर्थिक सहयोग गर्नु भएको छ । भरतपुर स्थित सनराईज स्कुलमा कक्षा ७ मा अध्यायनरत रोज रामुदामुले खाजाखर्च कटाएर जम्मा गरेको दश हजार रुपैया अनाथ बालिका आश्रित सानो घरलाई हस्तान्तरण गर्नु भएको हो ।
    १३ औं जन्मउत्सवको अवसरमा आयोजित उक्त कार्यक्रममा बोल्दै रोज रामुदामुले आफुलाई समाजसेवा अत्याधिक मनपर्ने वताउँदै आफु पनि समाजसोवामा समर्पित हुन चाहेको वताउनु भयो । जन्मदिन मनाउने क्रममा फजुल खर्च गर्नु उचित नहुने वताउँदै रामुदामुले आगामी दिनमा पनि विभिन्न अवसर पारेर सानो घरलाई सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।
    सोहि कार्यक्रममा वोल्दै सानो घरकी अध्यक्ष विमला श्रेष्ठले यस्तै खालका सहयोगका कारण सानो घर संचालन हुन सकेको वताउनु भयो । अनाथ आश्रमको रुपमा रहेको सानो घर वि.सं. २०६७ साल देखि संचालन हुँदै आएको वताउँदै श्रेष्ठले आश्रममा ५ जिल्लाका २१ जना वालिकाहरुले आश्रय लिएको जानकारी दिनुभयो । कार्यक्रममा युवा व्यवसायी रुविन रामुदामु, शान्ति रामुदामु, निश्चल रामुदामु, गंगा खाति वि.क., उत्सव खाती, उत्कृष्ट खाती, अनुसा खातीलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt