• मानव विकास तथा सामुदायिक सेवाद्धारा विपद् व्यवस्थपन सामाग्री हस्तान्तरण


    भरतपुर/मानव विकास तथा सामुदायीक सेवा (एचडिसिएस) द्वारा कालिका नगरपालीका ८, ९, १० र ११ नं वडाहरूमा बाढी पहिरो तथा भुकम्प लगायतका दैविप्रकोप जस्ता आपतकालीन विपद् ब्यबस्थापनमा आबश्यक सामाग्रीहरू सहयोग स्वरूप हस्तान्तरण गरिएको छ । सो सामाग्रीहरूमा प्रत्येक वडाहरूलाई त्रिपाल, ब्लाङ्केट, स्ट्रेचर, साबेल, हेलमेट, ईमर्जेन्सी ज्याकेट, गमबुट लगायतका १३ थरी सामाग्रीहरू रहेका छन् ।
    सो कार्यक्रममा कालीका नगरपालीकाका मेयर बिनोद रेग्मी, सम्बन्धीत वडाका जनप्रतिनीधि साथै मानव विकास तथा सामुदायिक सेवाको तर्फबाट गुन्जमान अस्पतालका प्रशासन प्रमुख मोहन खड्का, बुद्धी प्रसाद देवकोटा, सोही संस्थाको समुदाय स्वास्थ्य कार्यक्रम, चितवनकी टीम लिडर निशा प्रजा, सुलोचना ठकुरी, सबीन पुरी लगायतको उपस्थिती रहेको थियो ।
    साथै सोही कार्यक्रम अन्तर्गत कालीका नगरपालीकाका ८, ९, १० र ११ वडामा प्रत्येक वडाका ३० जना युवाहरूलाई विपद् ब्यबस्थापन तथा सिपिआर सहितको प्राथमिक स्वास्थ्य उपचार सम्बन्धी तालीम उपलब्ध गराउन लागेको टिम लिडर निशा प्रजाले जानकारी दिईन् ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt