• चितवन रोटरीद्धारा गणेशधाममा बृक्षारोपण


    सन्तोष देवकोटा
    भरतपुर/अग्रणी समाजिक सस्थाको रुपमा परिचित रोटरी क्लव अफ चितवनको आयोजनामा मंगलबार भरतपुर ११ स्थित गणेशधाममा बृक्षारोपण गरिएको छ । क्लवका अध्यक्ष दिपक प्रधानले संचालन गर्नु भएको कार्यक्रममा गणेशधाम परिषरमा विभिन्न प्रजातीका विरुवाहरु रोपिएको हो । धार्मीक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको गणेशधामलाई प्राकृतिक सुन्दरताको लागि बृक्षारोपण गरिएको रोटरी क्लव अफ चितवनका अध्यक्ष दिपक प्रधानले जानकारी दिनुभयो ।
    कार्यक्रममा भरतपुर ११ का वडाध्यक्ष कमल मल्ल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी मल्लले गणेशधामलाई राष्ट्रिय सम्पत्तिको रुपमा चर्चा गर्दै यसको संरक्षण र सम्वद्र्धन सवैको दायित्व भएको वताउनु भयो । गणेशधामले पर्यटन प्रवद्र्धनको संभावना वोकेको वताउँदै मल्लले यहाँ राज्यले लगानी गर्नुपर्नेमा जोड दिनुभयो । गणेशधामको संरक्षण र प्रवद्र्धनको लागि भरतपुर महानगरपालिका वडा नं ११ ले सक्दो पहल गर्ने वताउनु भयो ।
    कार्यक्रममा वोल्दै विशेष अतिथी रोटरी इन्टरनेशनल ३२९२ नेपाल भुटानका पुर्व डिष्ट्रिक गभर्नर रविन्द्र कुमार पियाले बृक्षारोपाण गर्नु मात्रै ठुलो कुरा नभएर यसको संरक्षण गर्नु मुख्य कुरा भएको वताउनु भयो । बृक्षारोपण गरेर आफुले रोपण गरेको विरुवाको रेखदेख नगर्ने हो भने बृक्षारोपणको कुनै अर्थ नरहने उहाँको भनाई थियो । कार्यक्रमममा सहभागिहरुलाई आफुले रोपेको विरुवाको नियमति निगरानी गर्न आग्रह गर्नु भयो ।
    गणेशधाम संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष दिनेश कुमार चुकेले गणेशधाको वारेमा चर्चा गर्दै आगाी दिनमा विभिन्न क्षेत्रवाट सहयोगको अपेक्षा गर्नु भयो । समितिको एकल प्रयासले मात्रै गणेशधामले मुर्तरुप पाउन नसक्ने वताउँदै चुकेले गणेशधामलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने वताउनु भयो । कार्यक्रममा वोल्दै गणेशधाम टोल विकास सस्थाका अध्यक्ष टेक सिंह पुन मगरले गणेशधामलाई सरसफाईमा ध्यान दिनु आवश्यक रहेको वताउँदै फोहर व्यवस्थापनको जरुरी रहेको वताउनु भयो ।
    गणेशधाम संरक्षण सम्बद्र्धन समितिको सहकार्यमा आयोजित उक्त कार्यक्रममा स्पाउस क्लव अफ आरसि चितवन, रोट्याक्ट क्लव अफ आरसि चितवनको सहयोग रहेको थियो । स्पाउस क्लव अफ आरसी चितवनका अध्यक्ष पार्वती खनालले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt