• सैनिक नमुना टोलविकास सस्थाको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न


    सन्तोष देवकोटा
    भरतपुर/विजय दशमी, शुभ दिपावली, छट एवं ल्होसार पर्व २०७९ को उपलक्षमा सैनिक नमुना टोल विकास सस्थाको आयोजनामा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सस्थाका अध्यक्ष अम्विका पौडेल सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका १० का वडाध्यक्ष परमेश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो ।
    वडादशैं, शभदिपावली लगायतका चाडवाडको शभकामना व्यक्त गर्दै प्रमुख अतिथी खनालले विकास र समृद्धिको लागि राजनीतिक स्थायीत्वको आवश्यकता रहेको वताउनु भयो । सस्थाका सदस्यहरुको सक्रिय सहभागिता रहेको उक्त कार्यक्रममा सस्थाका पुर्व अध्यक्ष राम प्रसाद घले, पोदराज पौडेल, नरफागी गुरुङ एवं नेपाल अवुर्द रोग निवारण सस्था चितवन शाखाका सचिव कृष्णहरी तिमल्सेनालगायतले कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम सस्थाका सचिव केशव चन्द्र अर्यालले संचालन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt