रोटरी करुणालयको अध्यक्षमा चुके निर्विरोध निर्वाचित


भरतपुर/रोटरी क्लव अफ चितवनद्धारा संचालित रोटरी करुणालय वृद्धाश्रम तथा थाहा सदावर्त देवघाटको १६ औँ वार्षिक साधारण सभा तथा पाचौँ अधिवेशन सम्पन्न भएको छ । अधिवेशनवाट करुणालयको अध्यक्षमा रोटरी क्लव अफ चितवनका पुर्व अध्यक्ष उत्तमलाल चुके निर्विरोध निर्वाचित हुनु भएको छ । संस्थाका अध्यक्ष चन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा भरतपुर महानगरपालिकाका मेयर रेणु दाहाल प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा संस्थामा कार्यरत कर्मचारीहरु र करुणालयलाई विभिन्न किसिमले योगदान पु¥याउनुहुने महानुभावहरुलाई नगद जिन्सी र सम्मानपत्रले सम्मानित गरिएको थियो । कार्यक्रममा करुणालयका निवर्तमान सचिब उत्तमलाल चुकेले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने उपाध्यक्ष मित्रराज दवाडीले उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभएको थियो । संस्थाका संस्थापक अध्यक्ष महेन्द्रलाल प्रधानले मन्तव्यको क्रममा करुणालयको स्थापनाको बारेमा जानकारी गराउनुभयो ।
भरतपुर महानगरका प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथी रेणु दहालले महानगरले महानगरको विकास निर्माणको लागि गरिरहेको योजनाको बारेमा विस्तृत रुपमा जानकारी गराउनुहुदै रोटरी करुणालयले वृद्धआमा बुवाहरुको स्याहार– सुसारमा पु¥याइरहेको योगदान प्रशंसानीय र सराहनीय रहेको बताउँदै करुणालयको लागि महानगर सदा सकारात्मक र सहयोगी रहने प्रतिवद्धता ब्यक्त गर्नुभयो । विशिष्ट अतिथि भरतपुर–१ का वडा अध्यक्ष केशब महर्जनले करुणालयमा आश्रित वृद्धवृद्धा आमा बुवाहरु देख्दा आफ्नै आमाबुबाको स्मरण गर्नुभयो र वृद्धाश्रम स्थापना र संचालन गरेर पुनित कार्यमा पु¥याईरहेको योगदानको प्रशंसा गर्नुभयो र आगामी दिनहरुमा वडाको तर्फबाट गर्न सकिने सहयोगको लागि तत्पर रहेको प्रतिबद्धता ब्यक्त गर्नुभयो । अधिवेशनको पनि कार्यक्रम रहेको र निर्वाचित कार्य सँगसँगै अघिबढिरहेकोमा सम्पूर्ण पदहरुमा निर्विरोध रुपमा उत्तमलाल चुकेको अध्यक्षतामा कार्य समिति गठन भएको घोषणा निर्वाचन समितिका संयोजक प्रचण्डलाल प्रधानले गर्नुभयो । करुणालयको उपाध्यक्षमा मित्रराज दवाडी, सचिबमा ई. भोजराज कौडेल, सहसचिवमा दिपक प्रधान, कोषाध्यक्षमा रोशन पिया, सदस्यहरुमा विश्वशान्ति पिया प्रधान, लेखराज पन्त ‘हरी’, पदेन तर्फ चितवन रोटरी क्लबका निवार्चित अध्यक्ष चन्द्रेश्वर भट्टराई, स्पाउस क्लबका अध्यक्ष पार्वती खनाल र चितवन रोट्¥याक्ट क्लबका अध्यक्ष अच्यूत न्यौपाने हुनुभएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt