• देश बिकासमा युवाहरुको भुमिका महत्वपुर्ण


    भरतपुर/भरतपुर महानगरका उप प्रमुख चित्रसेन अधिकारीले देश बिकासमा युवाहरुको भुमिका महत्वपुर्ण रहेको बताउनु भएको छ । युवाहरु देश बिकासका मेरुदण्ड हुन् उप प्रमुख अधिकारीले भन्नूभयो, परि आए युवाहरुले देशको बागडोर सम्हाल्न सक्ने छन् । ज्योति युवा क्लब भरतपुर ८ गौरीगञ्जको २२ औ बार्षिक साधारणसभा तथा १२ औ अधिबेशनलाई शनिबार भरतपुरमा सम्बोधन गर्दै उप प्रमुख अधिकारीले युवा बर्गहरु देशकै ज्योति भएको बताउनु भयो । युवाहरु बिना देशको बिकास असम्भव छ अधिकारीले भन्नूभयो, देश बिकास गर्ने युवाहरु उत्पादन गर्ने काम ज्योति युवा क्लबले गरेको छ ।
    समाज रुपान्तरणमा युवाहरुको ठुलो भुमिका रहेको बताउदै उहाँले पछिल्लो समय टोल, वडा देखि नगर जिल्ला सम्मको नेतृत्वमा युवाहरुकै अग्रसरता रहेको पनि प्रष्ट पार्नु भयो । बिगतको कार्यकालमा वडा न ८ लाई उत्कृष्ट वडा बनाउन आफुले महत्वपुर्ण भुमिका निर्बाह गरेको भन्दै उहाँले वडा नं. ८ मेरा लागी हिजो पनि महत्वपुर्ण थियोे र आज पनि उत्तिकै महत्वपुर्ण रहेको तर्क राख्नु भयो । उप प्रमुखले क्लबलाइ आबश्यक पर्ने जुनसुकै सहयोग गर्न महानगर तयार रहेको पनि प्रतिबद्धता जनाउनु भयो ।
    कार्यक्रममा सस्थाका कोषाध्यक्ष तुलसीराम कडेलले आर्थिक बर्ष २०७८÷०७९ को आर्थिक प्रतिबेदन तथा सचिब उपेन्द्र रिजालले सस्थाको प्रगति प्रतिबेदन प्रस्तुत गर्नु भएको थियोे । कार्यक्रममा भरतपुर ८ का वडा अध्यक्ष जिबनाथ कडेल, निबर्तमान वडा अध्यक्ष दामोदर न्यौपाने, नेपाल काङ्ग्रेस भरतपुर ८ का सभापति शोभाखर सापकोटा, नेकपा माओवादी केन्द्रका हरिलाल कडेल, नेकपा एमाले भरतपुर ८ का अध्यक्ष तिलक दर्लामी मगर लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियोे ।
    कार्यक्रममा सस्थाले प्रत्येक बर्ष प्रदान गर्दै आइरहेको युवा प्रतिभा पुरस्कार २०७९ बाट सामाजिक ब्यक्तित्व भुमिराज तिवारीलाई सम्मान गरेको छ । सस्थाले समाजमा उच्च योगदान पु¥याउदै आएका सामाजिक ब्यक्तिहरुलाई २०६९ साल देखि युवा प्रतिभा पुरस्कारबाट सम्मान गर्दै आइरहेको छ । त्यस्तै कार्यक्रममा सस्थाले आयोजना गरेका विभिन्न कार्यक्रममा सहयोग पु¥याएका विभिन्न ब्यक्तिहरुलाइ पनि प्रशसा पत्र सहित सम्मान गरिएको थियो । कार्यक्रम क्लबका अध्यक्ष बुद्धिसागर कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियोे ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt