• अथर्वको सेवाकेन्द्र स्तरीय साधारणसभा सम्पन्न


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर १२ मालपोत चोकमा मुख्य कार्यालय रहेको अथर्व बचत तथा ऋण सहकारी सस्था लि.को विभिन्न सेवाकेन्द्र स्तरीय २४ औं साधारणसभा सम्पन्न भएको छ । सहकारीको साधारणसभा अन्तरगत बुधबार भरतपुर १२ लताकुञ्ज लिजर सेन्टर एण्ड पार्टी प्यालेसमा फुलबारी र आमा सेवाकेन्द्रका सदस्यहरुको सहभागितामा साधारणसभा सम्पन्न भएको हो । यसैगरी बुधबार नै राम्रो सेवा केन्द्र पार्वतीपुर र सहयात्री सेवाकेन्द्र खोलेसिमल अन्तरगतका शेयर सदस्यहरुको सहभागितामा साधारणसभा सम्पन्न भएको छ ।
    भरतपुर १२ मा सम्पन्न फुलबारी र आमा सेवाकेन्द्र अन्तरगतका शेयर सदस्यहरुको उपस्थितीमा सम्पन्न साधारणसभा सहकारीकी सचिव सृजना देवकोटाको अध्यक्षतामा सम्पन्न भएको हो । शिक्षा समितिका संयोजक सुरज पाठकले संचालन गर्नु भएको कार्यक्रममा भरतपुर १२ का वडाध्यक्ष लेखराज पन्त हरि प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी पन्तले सहकारीले उत्पादशिल र रोजगारमुलक कार्यक्रममा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।


    संचालक सदस्य कष्ण कुमारी गिरीले स्वागत मन्तव्य व्यक्त गनुभएको कार्यक्रममा सहकारीका ऋण प्रमुख ठाकुर दवाडीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने बचत प्रमुख श्रवण खरेलले सहजिकरण गर्नु भएको थियो । कार्यक्रममा सहकारीका सल्लाहकार केपी भण्डारी, जानुका पराजुली, शेयर सदस्य दामोदर भट्टराईलगायतले वोल्नु भएको थियो ।
    यसैगरी सहकारीका उपाध्यक्ष शिव प्रसाद तिवारीको अध्यक्षतामा राम्रो सेवा केन्द्रका सदस्यहरुको इकाइ बैठकमा भरतपुर महानगरका उपप्रमुख चित्रसेन अधिकारी प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै अधिकारीले सहकारी बिनाको बिकास सम्भब नभएको बताउनु भएको छ । अर्थतन्त्रको तीन खम्बा मध्ये सहकारी एक खम्बाको रुपमा स्थापित भएको बताउदै उपप्रमुख अधिकारीले सहकारी उत्पादन र ब्यबसायीमुखी हुनु पर्नेमा जोड दिनु भयो । कार्यक्रममा सस्थाका कोषाध्यक्ष गोविन्दराज खरेलले आर्थिक प्रतिवेदन पेश गर्नु भएको थियो । पार्वतीपुरमा आयोजित कार्यक्रममा सस्थाका व्यवस्थापक प्रेमप्रसाद ढकालले सदस्यहरुवाट उठेका जिज्ञासाको वारेमा प्रष्ट पार्नु भएको थियो । यसैगरि सहयात्री सेवाकेन्द्रमा संस्थाका अध्यक्ष बिजया भण्डारी लम्सालको अध्यक्षतामा सम्पन्न साधारणसभामा कालिका नगरपालिकाका बिनोद रेग्मी नगर प्रमुख अतिथि रहनुभएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt