• सुनचाँदी साकोस र दियालो फुडल्याण्ड विच छुट सम्झौता


    सन्तोष देवकोटा
    भरतपुर/नारायणगढ स्थित सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.र क्षेत्रपुर स्थित दियालो फुडल्याण्ड होटल विच छुट सम्झौता भएको छ । उक्त सम्झौता अन्तरगत सुनचाँदी साकोसका शेयर सदस्यहरुले दियालो फुडल्याण्डका वस्तु तथा सेवामा विशेष छुट पाउने भएका छन् । सम्झौता पत्रमा सहकारीका तर्फवाट अध्यक्ष रुविन रामुदामु तथा उपाध्यक्ष टुलक प्रसाद विश्वकर्मा र होटलका तर्फवाट प्रवन्ध निर्देशक रमेश चन्द्र अधिकारी र प्रतिनिधि शंकर न्यौपानेको हस्ताक्षर रहेको छ ।
    सम्झौता भएसंगै सहकारीका सदस्यहरुले रेष्टुरेन्ट फुड आईटममा १५ प्रतिशत र वेवरेज आईटममा ५ प्रतिशत छुट पाउने भएका छन् । यो संगै होटलका रुम (कोठा) लगायतका अन्य सेवामा पनि आकर्षक छुटको सम्झौता भएको छ । छुट सुविधा उपयोग गर्नका लागि सहरकारीले सम्पुर्ण सदस्यहरुलाई छुट कार्डको व्यवस्था गर्ने सहकारीका व्यवस्थापक रमेश कुमार रामदामले जानकारी दिनुभयो ।
    यहि कार्तिक २ गतेवाट सम्झौता लागू भएको जानकारी दिँदै सहकारीका अध्यक्ष रुविन रामुदामुले उक्त सम्झौता काठमाण्डौमा रहेको होटल दियालोमा पनि लागू हुने वताउनु भयो । सहकारीका अध्यक्ष रुविन रामुदामु, उपाध्यक्ष टुलक प्रसाद विश्वकर्मा, सम्झौता पत्रमा हस्ताक्षर गर्ने कार्यक्रममा सहकारीका सचिव निलेनमान शाक्य, संचालक सदस्य उत्सव खाती, व्यवस्थापक रमेश कुमार रामदामलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt