पश्चिम चितवनको जितपुरमा हंस सहकारीको सेवाकेन्द्र उद्घाटन


सन्तोष देवकोटा
भरतपुर/नारायणगढको सहिदचोक स्थित मुख्य कार्यालय रहेको हंस वहुउदेश्यीय सहकारी सस्था लि.ले पश्चिम चितवनको जीतपुरमा सेवाकेन्द्र स्थापना गरेको छ । भरतपुर २८ का वडा सदस्य शेर बहादुर कुमाल र हंस वहुउदेश्यीय सहकारी सस्थाका अध्यक्ष दिनेश कुमार चुकेले शनिबार एक औपचारिक कार्यक्रमका विच सेवाकेन्द्रको उद्घाटन गर्नु भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तथा वडा सदस्य कुमालले जीतपुरमा आर्थिक कारोवार गर्ने विश्वासिलो वित्तीय सस्थाको अभाव रहेको वताउँदै हंस वहुउदेश्यीय सहकारीलाई स्वागत गर्नु भयो । सहकारीले कृषिमा आधारित कार्यक्रम ल्याउनु पर्ने बताउँदै उहाँले उत्पादन मुलक काममा लगानी गर्नुपर्ने वताउनु भयो । जीतपुर क्षेत्र पर्यटकीय हिसावले संभावना वोकेको क्षेत्र भएको वताउँदै उहाँले पर्यटन प्रवद्र्धनमा पनि लगानी गर्नुमा जोड दिनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै सहकारीका उपाध्यक्ष बावुराम अधिकारीले हंस सहकारी स्थानीय प्रवुद्ध व्यक्तीहरुको संलग्नतामा स्थापित सहकारी भएको वताउँदै शेयर सदस्यहरुले जम्मा गरेको रकमको सुरक्षाको लागि संचालक समिति प्रतिवद्ध रहेको वताउनु भयो । हंस सहकारी सहकारीको मुल्य मान्यता अनुसार पारदर्शी रुपमा संचालित सहकारी भएको वताउँदै अधिकारीले ढुक्क भएर कारोवार गर्न सम्पुर्णमा आग्रह गर्नु भयो ।
कार्यक्रममा वोल्दै सहकारीका अध्यक्ष दिनेश कुमार चुकेले सहकारीले एक घर एक शेयर सदस्य अभियान संचालन गर्ने वताउँदै समुहगत कृषि उत्पादनमा जोड दिने वताउनु भयो । जीतपुरमा हालसम्म बैंकिङ सेवा नपुगेको वताउँदै चुकेले हंस सहकारीले बैंकवाट हुने सम्पुर्ण सेवा उपलव्ध गराउने वताउनु भयो । सहकारीले मोबाइल बैंकिङ मार्फत बचत तथा ऋण कारोबारमा सक्रिय रुपमा सबै शेयर सदस्यहरुलाइ समेटेर कृषि, पर्यटन उद्योग ब्यबसायमा लगानी गर्ने प्रतिबद्धता जनाउनु भयो । जीतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष संजिव गडाल, पुर्व वडा सदस्य नेत्र आचार्यलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा उत्कृष्ठ ऋणी केशव कुमाल र चिजा थापामगरलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा सहकारीका सदस्य डा. होमनाथ सापकोटा, षडानन्द लामिछाने, ध्रुव कुमार ओझा, लेखा सुपरिवेक्षण समितिका संयोजक गोविन्द प्रसाद पौडेल, सदस्य कृष्णहरि तिमल्सेना, शिक्षा उपसमितिका सदस्य बाबुराम देवकोटा, महिला उपसमिति संयोजक अनिता मैनाली, सदस्य मयुर कुमारी डल्लाकोटी लगायतको सहभागिता रहेको थियो । हंस बहुउदेश्यीय सहकारी भबन १ करोड २५ लाख रुपैयाँको लागतमा तयार गरि जमिन तल्ला व्यावसायीहरुलाई भाडामा दिएर माथिल्लो तलामा कार्यालय संचालन गरिएको हो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार