• हंसको टाँडी सेवाकेन्द्रको इकाई वैठक सम्पन्न


    सन्तोष देवकोटा
    टाँडी/हंस वहुउदेश्यीय सहकारी संस्था लिको १९ औं वार्षिक साधारणसभा अन्तरगत आइतबार १३ औं वार्षिकोत्सव तथा सम्मान कार्यक्रम तथा टाँडी सेवाकेन्द्र अन्तरगतका शेयर सदस्यहरुको इकाई बैठक सम्पन्न भएको छ । सहकारीका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ननगर १ का वडाध्यक्ष कुल प्रसाद सापकोटा प्रमुख अतिथी रहनु भएको थियो ।
    सहकारीका उपाध्यक्ष बावुराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लि., टाँडी शाखा प्रवन्धक नरेश कामती, रत्ननगर अस्पतालका देवेन्द्र कुमार श्रेष्ठलगायतले वोल्नु भएको थियो । उक्त इकाई वैठकले सहकारीको साधारणसभामा सहभागिताको लागि प्रतिनिधिहरुसमेत चयन गरेको छ । बैठकले भवानी अधिकारी, किरण अधिकारी, चण्डिका न्यौपाने, विश्वकला पौडेल, कृष्ण बहादुर ढकाल क्षेत्री, शिव प्रसाद कंडेललाई प्रतिनिधी चयन गरेको छ ।
    यसैगरी कार्यक्रममा तिम्ला मालाकार उत्कृष्ट मुद्धती बचत कर्ता, लक्ष्मण आचार्य उत्कृष्ट दैनिक बचत कर्ता, शर्मिला थापा पौडेल उत्कृष्ट नारी बचत कर्ता, बलराम उपाध्याय जेष्ठ नागरिक, जितेन्द्र चौधरी उत्कृष्ट बचत कर्ता, फूलमाया थिङ्ग उत्कृष्ट बचत कर्ता, अम्बिका ढकाल उत्कृष्ट बचत कर्ता, सुव्रिम गिरी खुत्रुके बचत, श्रीयान्स दुवाडी बाल बचत, बसन्ती थिङ्ग असल ऋणी, दल बहादुर दर्जी असल ऋणी, देवकी कुमारी भट्ट असल ऋणीलाई सम्मान गरिएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt