• चितवन रोटरीद्वारा सामुदायिक विद्यालयमा स्वीटर वितरण


    चितवन/भरतपुर महानगरपालिका वडा नं. १ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय, नारायणगढमा बढ्दो जाडोको मौसमलाई मध्यनजर गरी चितवन रोटरी क्लब र स्पाउस् क्लब अफ आर.सी. चितवनले संयूक्त रुपमा स्वीटर वितरण गरेको छ । चितवन रोटरी क्लबका अध्यक्ष दिपक प्रधान र स्पाउस् क्लबका अध्यक्ष पार्वती खनालको संयूक्त अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा भरतपुर महानगरपालिका, वडा नं. १ का वडा अध्यक्ष केशब महर्जन प्रमुख अतिथी रहनुभएको थियो भने विशिष्ट अतिथीमा रोटरी डिष्ट्रिक्ट ३२९२ का पूर्व डिष्ट्रिक्ट गभर्नर रविन्द्रकुमार पिया रहनु भएको थियो ।
    स्पाउस् क्लबका सचिब पार्वती बगाले सुबेदीले संचालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य स्पाउस् क्लबका अध्यक्ष पार्वती खनालले राख्नुभएको थियो । १७५ सिमान्तकृत विद्यार्थी र विपन्न परिवारका विद्यार्थीहरु अध्ययन गर्ने सो विद्यालयमा प्रमुख अतिथी केशब महर्जनले शिक्षा नै विकासको आधार भएकोले पठनपाठनको विषयमा सजग रहन सम्पूर्ण विद्यालय परिवारलाई आग्रह गर्नुभयो ।
    विद्यालयको उन्नती प्रगतिमा स्थानीय निकाय र संघ संस्थाहरुको अमूल्य योगदान रहेको र हाल विद्यालय प्रगतिको पथमा अघि बढिरहेको वताउँदै प्रधानाध्यापमक गायत्री शर्माले सहयोगको लागि धन्यवाद ज्ञापन गर्नुभएको थियो । कार्यक्रममा आयोजकको तर्फबाट स्पाउस् क्लबका उपाध्यक्ष एवम् कार्यक्रम संयोजक सन्ध्यालक्ष्मी चुकेले धन्यवाद ज्ञापन गर्नुभयो भने चितवन रोटरी क्लबका अध्यक्ष दिपक प्रधानले आफ्नो मन्तव्यको क्रममा शिक्षा विना मानिस अधूरो र अपूरो हुने वताउँदै शिक्षा, स्वास्थ्य, संस्कृति र मानवीय सेवाको क्षेत्रमा क्लबले पु¥याईरहेको योगदानको विषयमा जानकारी गराउनुहुँदै कार्यक्रम समापन गर्नुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt