चारदिने निशुल्क नेल आर्ट, रसियन हेयर स्टाइल र मेकअप सम्वन्धि सेमिनार सम्पन्न


भरतपुर/उद्योग वाणिज्य संघ चितवन र चितवन व्युटिपार्लर युनिटिको संयुक्त आयोजनामा चितवनमा सौन्दर्य व्यवसायीहरुको लागि नेल आर्ट, रसियन हेयर स्टाइल र मेकअप सम्वन्धि चार दिने निशुल्क सेमिनार सम्पन्न भएको छ । एक सय जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको उक्त सेमिनारमा सावित्री रेग्मी, सुनिता खड्का, सविना महतो, संगिता अर्यालले प्रशिक्षण दिनु भएको थियो ।
सेमिनार उद्घाटन कार्यक्रममा उवासंघ चितवनका वरिष्ठ उपाध्यक्ष सुमन कुमार श्रेष्ठ प्रमुख अतिथी रहनु भएको थियो भने समापन कार्यक्रममा संघका प्रथम उपाध्यक्ष चिरन्जीवी सुवेदी प्रमुख अतिथी रहनु भएको थियो । चितवन व्युटिपार्लर युनिटीका अध्यक्ष मिना उप्रेतीको अध्यक्षतामा सम्पन्न सेमिनार तालिम संयोजक योगिता पियाले संयोजन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार