• लेखा समाज चितवनमा उपाध्यायको नेतृत्व


    सन्तोष देवकोटा
    भरतपुर/आर्थिक प्रशासनको क्षेत्रमा कार्यरत कर्मचारीहरुको सस्था लेखा समाज चितवनको वनभोज र अधिवेशन रत्ननगरको रमाईलो डाँडामा सम्पन्न भएको छ । समाजका निवर्तमान सचिव कृष्ण प्रसाद सुवेदीले संचालन गर्नु भएको कार्यक्रम समाजका अध्यक्ष शरदचन्द्र भट्टराईको अध्यक्षतामा सम्पन्न भएको हो । अधिवेशनले सुनिल कुमार उपाध्यायको अध्यक्षतामा लेखा समाज चितवनको नयाँ कार्यसमिति चयन गरेको छ ।
    नवगठित समितिको उपाध्यक्षमा ऋषि कडुवाल, कृष्ण प्रसाद सापकोटा, सचिवमा कृष्ण प्रसाद सुवेदी, सहसचिवमा बावुराम पौडेल, कोषाध्यक्षमा शर्मिला न्यौपाने, सहकोषाध्यक्षमा रन्जित थापा, सदस्यहरुमा रामहरि खनाल, राजेन्द्र कुमाल, रविना रघुवंशी, दामोदर आचार्य, उत्तम थापा, बालेन्द्र राम हरिजन रहनु भएको छ । नवनिर्वाचित अध्यक्ष उपाध्यायले लेखा समुहको पेशागत हकहित तथा समग्र वित्तीय शुसाशनमा अझै प्रभावकारी भुमिका खेल्न प्रयत्न गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
    लेखा समाज चितवनको संरक्षक तथा कोष तथा लेखा नियन्त्रक कार्यालय चितवनका प्रमुख कोष नियन्त्रक मणीभद्र न्यौपानेले पुरानो समितिलाई धन्यवाद तथा नयाँ कार्यसमिति लाई दुई वर्षे कार्यकालको शुभकामना व्यक्त गर्नु भयो । अधिवेशन गराउनको लागि गठन गरिएको ३ सदस्यीय निर्वाचन मण्डलको संयोजकमा लेखा अधिकृत नारायण लम्साल रहनु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt