• सुनचाँदी साकोसको वार्षिकोत्सवमा आर्थिक सहयोग हस्तान्तरण


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर १ नारायणगढ स्थित सुनचाँदी बचत तथा ऋण सहकारी सस्था लि.ले सामाजिक उत्तरदायित्व बहन गर्दै सस्थाको वार्षिकोत्सवको अवसरमा बुधबार सामाजिक सस्थालाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ । सहकारीले आफ्नो दशौं स्थापना दिवसको अवसरमा भरतपुर १२ नवरत्न टोल स्थित आमाको मायाँ छात्रावासलाई आर्थिक सहयोग हस्तान्तरण गरेको हो । सुनचाँदी बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष रुविन रामुदामुको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सस्थाका उपाध्यक्ष टुलक प्रसाद विश्वकर्माले कार्यक्रमबारे प्रकाश पार्दै स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
    सचिव निलेनमान शाक्यले संचालन गर्नु भएको उक्त कार्यक्रममा सहकारीका सहसचिव ऋतु विश्वकर्मा, सहकोषाध्यक्ष विक्रम घिमिरे, संचालक गुन बहादुर रामदाम, उत्सव खाती, रुपा बराली, सरिता भट्टराई विके, शेयर सदस्य गणदेवी श्रेष्ठ, व्यवस्थापक रमेश कुमार रामदाम, कर्मचारी सरस्वती सुनार, अस्मिता सुनारलगायतको सहभागिता रहेको थियो । सहकारीले विगतका वर्षहरुमा पनि यस्तै खालका सामाजिक काम गर्दै आएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt