• गौतम आधारभूत विद्यालयको वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर १५ स्थित श्री गौतम आधारभूत विद्यालयले स्थापनाको ३३ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस समारोह बिहीबार सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भगवान थापाको अध्यक्षतामा भएको सो कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य ज्ञानु जंग लामा रहनु भएको थियो ।
    कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत तथा उत्कृष्ट शिक्षकलाई सम्मानित गरिएको थियो । पुरस्कृत र सम्मानित सबैलाई कार्यक्रमको प्रमुख अतिथि प्रदेश सभा सदस्य ज्ञानु जंग लामाले प्रमाणपत्र प्रदान गर्नु भएको थियो । प्रदेश सभा सदस्य लामाले विद्यालयको भौतिक र शैक्षिक उपलब्धिको प्रशंसा गर्दै आगामी दिनमा विद्यालयलाई प्रदेशको बजेटमार्फत सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
    यसैगरी कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रवीन्द्र देवकोटाले विद्यालयको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयको विगतदेखि वर्तमान अवस्था र भविष्यका योजना तथा लक्ष्यहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा अभिभावक, समाजसेवी, चन्दादाता, विभिन्न संघ संस्थाका प्रतिनिधि, पूर्व विद्यार्थी, कर्मचारी, छिमेकी विद्यालयका प्रधानाध्यापक, लगायतको उपस्थिति रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt