• सुनचाँदी साकोस र सिएमसी विच उपचार छुट संम्झौता

    सन्तोष देवकोटा

    भरतपुर/भरतपुर १ शहिदचोक स्थित सुनचाँदी बचत तथा ऋण सहकारी संस्था र भरतपुर १० स्तिथ चितवन मेडिकल कलेज (सिएमसी) को विचमा आइतबार उपचार छुट संम्झौता भएको छ । उक्त उपचार छुट संम्झौतामा सहकारीका तर्फबाट अध्यक्ष रुविन रामुदामु र सिएमसीका तर्फवाट प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गर्नु भएको छ । संम्झौतामा हस्ताक्षर भएसंगै सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका सम्पुर्ण शेयर सदस्यहरुले सिएमसीमा उपचार गराउँदा छुट सुविधा प्राप्त गर्ने भएका छन् ।

    उपचार छुट पाउनको लागि सहकारीका सदस्यहरुले अस्पतालमा परिचयपत्र देखाउनु पर्नेछ । यसरी परिचयपत्र सहित उपचारको लागि सिएमसीमा आएका सहकारीका शेयर सदस्यहरुलाई अस्पतालले स्वास्थ्य उपचार सेवामा २५ प्रतिशत र फार्मेसीमा ७ प्रतिशत छुट उपलव्ध गराउने संम्झौतामा उल्लेख छ । सहकारीमा कार्यरत कर्मचारी र आश्रित परिवारको सवालमा पनि उक्त छुट सुविधा लागु हुने अस्पतालले जनाएको छ ।

    सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रममा भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनाल, चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटा, अस्पतालका कर्मचारी माधव पुन मगर,  सहकारीका अध्यक्ष रुविन रामुदामु, उपाध्यक्ष टुलक प्रसाद विश्वकर्मा, सचिव निलेनमान शाक्य, व्यवस्थापक रमेश रामदामलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt