हंसको फागु तथा नारी दिवस विशेष कार्यक्रम सम्पन्न


भरतपुर/हंस बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले फागु पूर्णिमा पर्व २०७९ तथा ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा शुभकामना आदान प्रदान कार्यक्रम सोमवार नारायणगढमा सम्पन्न गरेको छ । संस्थाको युवा, स्वास्थ्य, संस्कृती, सञ्चार तथा वातावरण उपसमिति र महिला परिचालन उपसमितिको संयुक्त संयोजनमा आयोजना गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि संस्थाका अध्यक्ष दिनेश कुमार चुके रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख आतिथि चुकेले हंसले समय सापेक्ष संस्कृतीको जगेर्ना गर्दै विभिन्न दिवशहरू समेत मनाउँदै आएको बताउनु भयो । संस्थाको आगामी क्रियाकलापहरुको जानकारी दिदै संस्थाको गतिविधीको बारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा संस्थाकी सचिव शारदा शर्मा पौडेल, लेखा तथा सुपरीवेक्षण समितिका संयोजक गोबिन्द प्रसाद पौडेल, सदस्य कृष्णहरि तिमल्सेनाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
महिला परिचालन उपसमितिका संयोजक अनिता मैनालीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत मन्तव्य उपसमिति सदस्य लक्ष्मी लामिछानेले गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन युवा, स्वास्थ्य, संस्कृती, सञ्चार तथा वातावरण उपसमितिका संयोजक सूर्य बरालले गर्नु भएको थियो । कार्यक्रममा नव गठित उपसमितिका संयोजक तथा सदस्यहरुलाई मनोनयन पत्र प्रदान गर्नुका साथै संस्थाका समिति, उपसमिति, कर्मचारी तथा सेयर सदस्यहरुको सहभागितामा मनोरञ्जनात्मक खेल खेलाई पुरस्कार प्रदान गरिएको जानकारी संस्थाका प्रबन्धक नारायण प्रसाद सापकोटाले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार