होटल व्यवसायी संघ चितवन कृष्णपुर इकाई गठन


सन्तोष देवकोटा
भरतपुर/जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवन अन्तरगत शनिबार कृष्णपुर इकाई गठन गरिएको छ । होटल व्यवसायी संघ चितवन कृष्णपुर इकाईको ११ औं साधारणसभा तथा १० औं अधिवेशनले वासु गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नवगठित समितिको उपाध्यक्षमा राम प्रसाद चपाई, सचिवमा युवराज अधिकारी, सहसचिवमा कुमार गुनी, कोषाध्यक्षमा वावुराम खनाल, सदस्यहरुमा मिठ्ठु भट्टराई, गंगा विसी, विद्या सुवेदी, सिता भुजेल, प्रज्वल कुँवर, विष्णु श्रेष्ठ चयन हुनु भएको छ । यसैगरी इकाई समितिको तर्फवाट जिल्ला सदस्यमा कल्पना शर्मा चयन हुनु भएको छ ।
इकाई अध्यक्ष वासु गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा होटल व्यवसायी संघ चितवनका संस्थापक अध्यक्ष जीवलाल सापकोटा प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा होटल व्यवसायी संघ चितवनका उपाध्यक्ष यज्ञ बहादुर कार्की, महासचिव सुरेन्द्र केसी, पुर्व अध्यक्ष कमल शर्मा, दिलकुमार श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार