हंसको क्षमता अभिवृद्धि तथा ताजगिकरण कार्यक्रम सम्पन्न


सन्तोष देवकोटा
भरतपुर/हंस बहुद्देशीय सहकारी संस्था लि.को आयोजनामा दुई दिने क्षमता अभिवृद्धि तथा ताजगिकरण कार्यक्रम सम्पन्न भएको छ । सहकारीले कार्यसमिति तथा विभिन्न उपसमितिहरुको लागि उक्त कार्यक्रम आयोजना गरेको हो । फागुन २६ र २७ गते बेनिघाट धार्दिङ स्थित त्रिशुली रिभर बिच रिर्सोटमा संचालन भएको कार्यक्रममा इन्द्रज्योति पौडेल प्रशिक्षक रहनु भएको थियो ।
कार्यक्रममा सहजकर्ता इन्द्रजेति पौडेलले सहकारीमा समिति तथा उपसमितिहरुको काम, कर्तव्य, अधिकार तथा दायित्व, वर्तमान समसामयिक परिस्थितीमा सहकारी संस्था, असर तथा चुनौती एवं सुरक्षाको लागि अवलम्बन गर्नुपर्ने उपायहरु, भाखा नाघेको ऋण व्यवस्थापनमा अवको रणनीति, बहुउद्देश्यीय प्रकृतिको सहकारी संस्थाको संभावित व्यवसाय, सहकारी र सुशासन, ऐन तथा नियमावली लगायतका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो ।
सहकारीका अध्यक्ष दिनेश कुमार चुकेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यसमिति सहित विभिन्न उपसमितिका ४४ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहकारीका प्रवन्धक नारायण प्रसाद सापकोटाले सस्थाको गतिविधिको वारेमा जानकारी गराउनु भएको थियो । सस्थाका उपाध्यक्ष बाबुराम अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नु भएको उक्त कार्यक्रम सहकारीका सचिव शारदा शर्मा पौडेलले संचालन गर्नु भएको थियो । यसैविच हंस बहुउद्देश्यीय सहकारी सस्थाका कार्यसमिति तथा विभिन्न उपसमितिको टोलीले धार्दिङको श्री कृषक तरकारी तथा फलफुल सहकारी संस्थाको अवलोकन गरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार