अद्धैत संस्था चन्द्रनगर शाखामा राष्ट्रव्यापी बृहत सत्संग समारोह


भरतपुर/अद्धैत संस्था चन्द्रनगर शाखा अद्धैत मार्ग भरतपुर चितवनमा राष्ट्रव्यापी बृहत सत्संग समारोह (ज्ञानमहायज्ञ) सुरु भएको छ । अद्धैत संस्थाका केन्द्रिय सभापति अनन्तलाल सरस्वतीले धुप दीप बालेर ज्ञान महायज्ञको उद्घाटन गर्नु भएको हो । साथै कार्यक्रममा प्रमुख अतिथी अनन्तलाल सरस्वतीले ब्रम्हाज्ञानी गुरुदेव डा. क्षितीशचन्द्र चक्रवर्तीद्धारा रचित नेपाली वेद अमृत बचन बाचन गर्नु भएको थियो ।
मंगल बहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रचण्ड ब्रम्हज्ञानी गुरुदेवद्धारा रचित नेपाली बेद अमृतबचन समेत बाचन गरिएको थियो । कार्यक्रममा विष्णुदास उपाध्याय, गोपालचन्द्र पौडेल, अनन्तराज आचार्य, चेतलाल भुषाल, नविन प्रकाश उपाध्याय, सरिता उपाध्याय, नरनाथ पौडेल, बावुराम सापकोटा, जगत बहादुर भण्डारी, पद्मराज पौडेल, नरेन्द्रराज सुवेदी, एक बहादुर थापा, सरिता पौडेल, मनमाया न्यौपाने, गोविन्द घिमिरे, टिकामाया थापा, बिनोद लामालगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार