होटल व्यवसायी संघ चितवनको आपत्ति


सन्तोष देवकोटा
भरतपुर/जिल्ला स्थित होटल व्यवसायीहरुको छाता संगठन होटल व्यवसायी संघ चितवनले कार्यक्रममा अतिथीको रुपमा निमन्त्रणा गरि आयोजकले अपमान र अपहेलित गरेको भन्दै आपत्ति जनाएको छ । यहि चैत्र ३ गते साँझ संकटा वाईन एण्ड वेभरेज इन्डष्ट्रिज प्रा.लि.ले उत्पादन गरेको क्यानभास वाईनको प्रवद्धनको लागि नारायणगढको कमलनगर स्थित पर्व व्याङ्क्युटमा आयोजना गरिएको कार्यक्रममा आयोजकले होटल व्यवसायीलाई अपमान र अपहेलित गरेको संघका महासचिव सुरेन्द्र केसीद्धारा आइतबार जारी प्रेस विज्ञप्तिमा जनाईएको छ । उक्त कार्यक्रममा होटल व्यवसायी संघ चितवनलाई अतिथीको रुपमा आमन्त्रण गरिए बमोजिम संघका पदाधिकारी तथा सदस्यहरु कार्यक्रममा सहभागि भएका थिए ।
आयोजकले होटल व्यवसायीहरुलाई अपमान गरेपछि संघको नेतृत्वमा होटल व्यवसायीहरुले कार्यक्रम वहिस्कार गरि बाहिरिएको महासचिव केसीद्धारा जारी विज्ञप्तिमा जनाइएको छ । कम्पनीद्धारा उत्पादित कुै ब्राण्डको प्रवद्र्धन गर्दै गर्दा सम्बन्धित सरोकारवाला संस्थाको गरिमालाई नै भुलेर गरिने यस्ता खालका व्यवहार प्रति संघको गम्भिर ध्यानाकर्षण भएको विज्ञप्तिमा वताईएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt
  • ताजा समाचार