• जनउत्थान सामुदायिक लघुवित्त वित्तिय सस्थाद्धारा चितवनमा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न


    भरतपुर/जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । पर्सा देखि कञ्चनपुर सम्म १९ जिल्लाका ३९ वटा शाखा कार्यालय मार्फत आफ्नो कारोबार गर्दै आएको यस सस्थाले हरेक वर्ष विश्वव्यापि रुपमा मार्च २० देखि २६ सम्म मनाईने ग्लोवल मनि विकको ११ सस्करण अन्तरगत भरतपुरमा अवस्थित २ वटा शाखा कार्यलयहरु मंगलपुर र कविलास शाखा मार्फत युवा लक्षित वितिय साक्षरता तालिम सम्पन्न गरेको हो । सिक, बचत गर, कमाउ भन्ने मुल नाराका साथ मनाईएको यस सप्ताहव्यापी कार्यक्रम अन्तरगत आइतबार भरतपुर २९ स्थित कविलास माध्यमिक विद्यालयमा अध्ययनरत ब्यबस्थापन सङ्कायका कक्षा ११, १२ का बिद्यार्थीहरुलाई वित्तीय विषयमा तालिम दिईएको हो ।
    कार्यक्रममा यस सस्थाका कर्मचारी मनिषा श्रेष्ठ, आशा गुरुङ, विद्यालयका प्रधानाध्यापक तथा अन्य शिक्षक साथै विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु सहित ७६ जनाको सहभागिता रहेको थियो । तालिमको सहजिकरण बैंकका कविलास शाखाका शाखा प्रमुख अजय गुरुङले गर्नुभएको थियो भने प्रशिक्षण मंगलपुर शाखाका शाखा प्रमुख गोकुल पाण्डेय (अनुभव) ले गर्नुभएको थियो । साथै बिद्यालयको तर्फबाट प्रध्यानाध्यापक सिताराम मोक्तान र विद्यार्थीको प्रतिनिधित्व गर्दै विद्यार्थी सरिता प्रजाले कार्यक्रमको बारे बोल्दै यस्ता खालका कार्यक्रमले विद्यार्थीका लागी अतिरिक्त ज्ञान हुने भन्दै यस्ता खालको कार्यक्रमका लागी यस विद्यालय छनोट गर्नुभएकोमा सस्थालाइ धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै कार्यक्रको अपेक्षा गरेको बताउनुभएको थियो ।
    जनउत्थानले वित्तीय कामको अतिरिक्त सदस्य लक्षित तालिमहरु तथा अन्य सामाजिक कार्यमा पनि काम गर्दै र हातेमालो गर्दै आइरहेको छ । भरतपुर महानगरपालिका भित्र अन्य धेरै वित्तीय सस्था भएपनि जनउत्थान सामुदायिक लघुवित्त वित्तीय सस्था अग्रणी वित्तीय संस्थाको रुपमा स्थापित भएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt