• नेपाल राष्ट्रिय शिक्षक संगठन भरतपुरको बनभोज तथा नगर परिषद् सम्पन्न


    सन्तोष देवकोटा
    भरतपुर/नेपाल राष्ट्रिय शिक्षक सगठन भरतपुर महानगरको चौंथो नगर परिषद् एवं बनभोज विविध साँस्कृतिक कार्यक्रम सहित ज्ञानेश्वर सामुदायीक बनको पिकनिक स्थलमा सम्पन्न भएको छ । गौरवशाली विगत चुनौतीपुर्ण वर्तमान, गुणस्तरीय शिक्षाका लागि शैक्षिक सुशासन भन्ने मुल नाराका साथ नेपाल राष्ट्रिय शिक्षक संगठन भरतपुर महानगर समितिका अध्यक्ष दुर्गा प्रसाद सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका स्थायी कमिटि सदस्य एवं वागमती प्रदेश इन्चार्ज काशिनाथ अधिकारी प्रमुख अतिथी रहनु भएको थियो ।
    कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन चितवनका अध्यक्ष तेजेन्द्र भुषाल, पुर्व महासचिव रमाकान्त सापकोटा, महानगर उपाध्यक्ष सिर्जना कार्की, बुद्धिजीवि संगठनका चितवन जिल्ला अध्यक्ष लक्ष्मिकान्त चालिसे, नेपाल राष्ट्रिय शिक्षक संगठनका पुर्व जिल्ला अध्यक्ष हरि आचार्य, भानु प्रसाद उपाध्याय, पुर्ण बहादुर पुरीलगायत विभिन्न स्थानीय तहका प्रतिनिधिहरुले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
    राष्ट्रिय कलाकार उमादेवी खनाल, हास्य कलाकार भुपराज पाठक लगायत विभिन्न स्थानीय कलाकारहरुको प्रस्तुति रहेको उक्त कार्यक्रममा स्थायी शिक्षकमा नाम निकाल्न सफल नवनियुक्त शिक्षकहरुलाई सम्मान गरिएको साँस्कृतिक कार्यक्रम संयोजक ज्योति नारायण ढकालले जानकारी दिनुभयो । संगठनका महानगर अध्यक्ष दुर्गाप्रसाद सापकोटाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्नु भएको कार्यक्रममा करिब ३०० जना शिक्षक एवम् अतिथिको उपस्थिति थियोे ।
    नेपाल राट्रिय शिक्षक संगठन भरतपुर महानगर सचिव विपिन पाठकले संचालन गर्नु भएको उक्त कार्यक्रमको प्रचारप्रसार संयोजकमा विनिता श्रेष्ठ, आर्थिक संयोजक यमुना बराल, साँस्कृतिक संयोजकमा ज्योति नारायण ढकाल, बनभोज व्यवस्थापन संयोजकमा विपिन बस्नेत रहनु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt