• मिलनरोड टोल विकास संस्थाको शुभकामना आदान प्रदान तथा भित्तेपाज्ञो विमोचन


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर १ नारायणगढ स्थित मिलनरोड टोल विकास संस्थाको आयोजनामा आइतबार नयाँ वर्ष २०८० सालको शुभकामना आदान प्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । मिलनरोड टोल विकास संस्थाका अध्यक्ष चित्र बहादुर खाती वि.क.को अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर १ का वडाध्यक्ष केशव महर्जन प्रमुख अतिथी रहनु भएको थियो ।
    टोल विकास संस्थाका कोषाध्य एवं भित्तेपात्रो प्रकाशन समितिका संयोजक निलेनमान शाक्यले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा प्रमुख अतिथी महर्जन सहित अन्य अतिथीहरुले संयुक्त रुपमा भित्तेपात्रो विमोचन गर्नु भएको थियो । कार्यक्रममा वडाध्यक्ष एवं प्रमुख अतिथी केशव महर्जन, भरतपुर १ का वडा सदस्य मनोज घिमिरे, राममायाँ पिया, वडा सचिव शिवजी अधिकारी, माँ मनकामना बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ज्ञानेन्द्रमान शाक्यलगायतले वोल्नु भएको थियो ।
    टोल विकास संस्थाका सचिव दिनेश पियाले संचालन गर्नु भएको कार्यक्रममा वडा सदस्य राजु गुरुङ, रमा परियार, विश्वकर्मा सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विपिन रामुदामु, सुनचाँदी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रुविन रामुदामु, गंगोत्री टोल विकास संस्थाका अध्यक्ष गोविन्द कँडेल, मन्जीला श्रेष्ठ, निरज श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt