• बार्षिकोत्सवको अवसरमा जनउत्थान सामुदायिक लघुवित्त वित्तिय सस्थाद्धारा शैक्षिक सामाग्री वितरण


    सन्तोष देवकोटा
    भरतपुर/जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो तेह्रौ बार्षिक उत्सवको अवसरमा आफ्ना समुह सदस्यका सरकारी विद्यालयमा अध्ययनरत छोराछोरीलाइ घरदैलो गरी शैक्षिक सामाग्री वितरण गरेको छ । पर्सा देखि कञ्चनपुर सम्म १९ जिल्लाका ३९ वटा शाखा कार्यालय मार्फत आफ्नो कारोबार गर्दै आएको यस सस्थाले हरेक वर्ष बाषर््िाकउत्सवको अवसर पारेर विभिन्न सामाजिक कामहरु गर्दे आइरहेको छ ।
    पुरानो शैक्षिकसत्रको समापन भइ नयाँ शैक्षिक सत्रको सुरुवात हुदै गरेको अवसर पारेर विधार्थीलाइ शैक्षिक सामाग्रीका साथसाथै हौसला र उज्वल भविश्य एव शैक्षिक प्रगतिको शुभकामना दिन उदेश्यले आफ्ना समुह सदस्यका गरिव तथा जेहेन्दार विधार्थी छनोट गरी करिव १० वटा केन्द्र मा ६० जनालाइ घरदैलोमै पुगी शैक्षिक सामाग्री हस्तान्तरण गर्दै नारायणगढ स्थित लिलाचोकमा समापन कार्यक्रम गरी सम्पन्न गरेको हो ।
    घरदैलो पश्चात समापन कार्यक्रममा लधुवित्तका सस्थाका संचालक गोकर्ण कार्की, सस्थापक यम बहादुर विश्वकर्मा, सस्थाका अनुगमन अधिकृत चेतनारायण रिमाल, मंगलपुर शाखाका कर्मचारी गुरु प्रसाद नेपाल, शुसिला रावत, सविता प्रजा, तथा कविलास शाखाबाट अजय गुरुङ्ग, बिशाल गुरुङ्ग, हुकुम गुरुङ्ग, मनिषा श्रेष्ठ तथा लिलाचोक एवं शिव महिला समुह र निजका सरकारी विद्यालयमा अध्ययनरत बिद्यार्थीहरु सहित ६२ जनाको सहभागिता रहेको थियो ।
    समापन कार्यक्रमको संचालन मंगलपुर शाखाका शाखा प्रमुख गोकुल पाण्डेय (अनुभव) ले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै संचालक गोकर्ण कार्की तथा यम बहादुर विश्वकर्माले जनउत्थान सधै सदस्यको साथमा रहेकाले ढुक्क भएर कारोवार गर्न र गलत समाचारहरुको भ्रममा नपर्न, कर्जा सदुपयोग गर्न तथा ससना नानि बाबुलाइ भविश्यमा ठुलो मान्छे हुने गरी पढ्न सुझाव दिनुभएको थियो । सदस्यको तर्फबाट केन्द्र प्रमुख कार्यक्रममा बोल्दै यस्ता खालका कार्यक्रमले विधार्थीको शैक्षिक क्षेत्रमा हौसला बढ्ने नयाँ शैक्षिक सत्रमा अभिभावकलाइ आर्थिक भार कम हुने तथा सदस्य तथा सस्था विचको सम्बन्ध झन् बलियो हुने भन्दै यस्ता खालको कार्यक्रमका लागी सस्थालाइ धन्यवाद दिदै आगामी दिनमा पनि यस्तै कार्यक्रको अपेक्षा गरेको बताउनु भएको थियो । जनउत्थानले वित्तीय कामको अतिरिक्त सदस्य लक्षित तालिमहरु तथा सामाजिक कार्यमा पनि काम गर्दै र समन्वय गर्दै आइरहेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय सस्था एक उत्कृष्ठ लघुवित्तको रुपमा स्थापित भईसकेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt