• होटल व्यबसायी संघ चितवन अन्तरगत मुग्लिन इकाईको अध्यक्षमा श्रेष्ठ


    भरतपुर/होटल व्यबसायी संघ चितवन अन्तरगत मुग्लिङ इकाईको साधारणसभा तथा छैटौं अधिबेशन सम्पन्न भएको छ । अधिवेशनले मिन बहादुर श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा पुरुषोत्तम पोखरेल, सचिवमा कमल श्रेष्ठ, सहसचिवमा विकास तुलाचन, कोषाध्यक्षमा रिता त्रिपाठी गुरुङ, सदस्यहरुमा क्षेत्र बहादुर गुरुङ, सुरेश नारायण श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ, सक्षम सिलवाल, शिव प्रसाद पन्त, अव्दुल जब्बर मिया र जिल्ला सदस्यमा नारायण प्रसाद श्रेष्ठ चयन हुनु भएको छ ।
    कार्यक्रममा वागमती प्रदेश सांसद कृष्णप्रसाद सिलवाल प्रमुख अतिथी रहनु भएको थियो भने ईच्छाकामना गाउंपालिका उपाध्यक्ष माया सिलवाल, होटल व्यबसायी संघ चितवनका निवर्तमान अध्यक्ष एवं निर्वाचन अधिकृत दिल कुमार श्रेष्ठ, पुर्व अध्यक्ष कमल शर्मा गौतम, उपाध्यक्ष यज्ञ बहादुर कार्की, महासचिव सुरेन्द्र केसी, इकाई संयोजक कृष्ण महतोलगायत अतिथी रहनु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt