• चितवन रोटरीद्वारा ह्विल चेयर वितरण


    भरतपुर/चितवन रोटरी क्लबले बुधबार भरतपुर महानगरपालिका ३ का वडा अध्यक्ष विकास थापाको समन्वयमा शारीरिक अपाङ्गता तथा आर्थिक स्थिति कमजोर भएका स्थानीय व्यक्तिहरूलाई उनीहरूकै निवासमा गएर ४ थान ह्विल चेयर वितरण गरेको छ । क्लबका सचिव तथा कार्यक्रम संयोजक राजन पियाले संचालन गर्नु भएको कार्यक्रममा क्लबका अध्यक्ष दीपक प्रधानले उक्त ह्विल चेयरहरू वितरण गर्नु भएको हो ।
    शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई उनिहरूकै निवासमा गएर ह्विल चेयर वितरण गर्न पाउँदा आत्मसन्तुष्टि र खुशी मिलेको वर्ष २०२३÷२४ का लागि क्लबका निर्वाचित अध्यक्ष चन्द्रेश्वर भट्टराईले बताउनु भयो । ह्विल चेयर वितरण कार्यमा वडा सदस्य राम लोहनीको सहयोग प्राप्त भएको संयोजक पियाले बताउनु भयो ।
    स्वार्थभन्दा माथि सेवाको भावनाले स्थापित चितवन रोटरी क्लबले ३ दशक देखि समाज सेवाको क्षेत्रमा योगदान पु¥याउँदै आएको र रोटरीले दृष्टि नपुगेको ठाउँमा उज्यालो छर्नेदेखि पोलियो उन्मूलनमा संसारभरि नै योगदान दिएको क्लबका अध्यक्ष दीपक प्रधानले बताउनु भयो । अध्यक्ष प्रधानले समाज सेवाको क्षेत्रमा अग्रसर हुन पाउनु अत्यन्तै सुखद् रहेको र यसबाट आनन्द प्राप्त हुने बताउँदै सम्पूर्ण मानव जगतको सुख, शान्ति र समृद्धिको लागि आफु सधैँ लागिरहने बताउनु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt