• युनिक साकोसको १६ औ स्थापना दिवश सम्पन्न


    रत्ननगर/पूर्वी चितवनको रत्ननगरमा मुख्य कार्यालय रहेको युनिक बचत तथा ऋण सहकारी संस्थाले १६ बार्षिकोत्सवको अबसरमा विशेष कार्यक्रम आयोजना गरि प्रगति विवरण सार्वजनिक गरेको छ । मुलुकमा देखिएको आर्थिक संकटका कारण बैंक बित्तीय संस्था सहित सहकारीको कारोबार खस्किदो अबस्थामा रहेका बेला युनिक साकोसको कारोवार तथा बित्तीय अबस्था भने मजबुत देखिएको छ । सामान्य किफायती तवरले बार्षिकोत्सव मनाएको सो सहकारीले मुख्य कार्यालय सहित सेवा केन्द्रहरुमा आजको दिनमा सेवा लिन आउने सेवाग्राही सदस्यहरुबाट दीप प्रज्ज्वलन गरेर सेवा शुभारम्भ गरेको थियो । २०६५ साल असार ९ गते तत्कालीन सहकारी प्रशिक्षण तथा डिभिजन कार्यालयमा दर्ता गरि २ लाख ७० हजार शेयर पूजीबाट कारोवार सुरुवात गरेको सो सहकारीले १५ बर्षमा कुल पूँजी २ अर्ब १७ करोड ९१ लाख ६९ हजार ४६७ पुरयाउन सफल भएको छ ।
    रत्ननगर–१ मेनरोड सौरहाचौकमा संस्थाको आफ्नै सुविधा सम्पन्न सहकारी भवन मुख्य कार्यालय रहेको छ । चितवन जिल्लाभर कार्यक्षेत्र रहेको सहकारीले ७ वटा कार्यलयबाट टाडी देखि माडी सम्मका १०१३४ जना शेयर सदस्यहरुलाई सेवा प्रवाह गरिरहेको छ। १७ करोड ५ लाख १५ हजार शेयर पूँजी रहेको सो सहकारीको जगेडाकोषमा १४ करोड ६८ लाख ३२ हजार रहेको छ भने १ अर्ब ६४ करोड ४७ लाख ३८८ बचत संकलन गरेको प्रमुख कार्यकारी अधिकृत मेघनाथ लामिछानेले जानकारी दिए । सो सहकारीको ऋण जोखिम कोषमा ६ करोड ५७ लाख ४३ हजार ५९८, कुल बचतको न्युनतम १५% तरलता हुनु पर्नेमा संस्थामा करिब २५% भ अर्थात ४४ करोड ४३ लाख १३ हजार ५२४, तरलता रहेको छ। वित्तीय लगानी तर्फ ११ करोड ४८ लाख ८७ हजार,५९२ र लगानीमा रहेको ऋण १ अर्ब ५४ करोड, १४ लाख ६० हजार १८८ रहेको प्रमुख कार्यकारी अधिकृत लामिछानेले जानकारी दिए ।
    आर्थिक कारोबारका हिसावले चितवन जिल्लाकै सबै भन्दा ठूलो एबम नमुना सहकारीको रुपमा अगाडि बढिरहेको भइरहेको सो सहकारीले चालू आ व को १० महिनामा ७ करोड ३ लाख २७ हजार ९७० रुपैया मुनाफा आर्जन गरेको छ । सहकारीको १० हजार १३४ जना शेयर सदस्य र ५४ जना कर्मचारीहरु कार्यरत रहेका छन बार्षिकोत्सवको अबसरमा आयोजित औपचारिक कार्यक्रममा संस्थाका अध्यक्ष प्रेमकृष्ण खनालले युनिक साकोसमा आर्थिक मन्दिको खासै असर नरहेको स्पष्ट पारे । हामीले रिण लगानी, जोखिम मूल्यांकन तथा ब्यवस्थापनमा विशेष ध्यान दिएको बताउनु भयो । कार्यक्रममा सञ्चालक समिति सदस्य शोभा ओली शर्मा, तालीम उप– समिती सदस्य शरला रेग्नी । सुवेदी लगायतले सहकारीको सेवाले शेयर सदस्यको आर्थिक विकासमा पारेको सकारात्मक प्रभावका बारेमा चर्चा गर्दै शुभकामना मन्तव्य राखेका थिए ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt