• क्यान्सर अस्पताल क्षेत्रमा महानगरद्धारा अनुगमन


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर महानगरपालिकाले महानगर भित्र अखाद्य तथा गुणस्तरहिन खाद्य वस्तुको विक्री वितरण रोक्न बजार अनुगमनलाई तीब्रता दिएको छ । आम उपभोक्ताले गुणस्तरीय खाद्य पदार्थको उपभोग गर्न पाउन् भन्ने उदेश्यले महानगरपालिकाले पछिल्लो समय अभियानको रुपमा दैनिक जसो अनुगमन गर्न थालेको हो ।
    अभियान अन्तरगत बिहीबार भरतपुर ७ स्थित विपी कोइराला मेमोरीयल क्यान्सर अस्पताल क्षेत्रमा बजार अनुगमन गरिएको छ । भरतपुर महानगरपालिका ७ का वडाध्यक्ष राजेन्द्रमणी काफ्लेको नेतृत्वमा बजार अनुगमन गरिएको हो । विहीबार क्यान्सर अस्पताल मित्रको क्यानटिन र अस्पताल अगाडी रहेका विभिन्न होटल, रेष्टुरेन्ट तथा खाद्य सामाग्रीका पसलको अनुगमन गरिएको हो ।
    बजारमा अखाद्य वस्तु विक्रि वितरणसंगै दैनिक उपभोग्य वस्तुको अनावश्यक तरिकाले वढि मुल्य लिने गरिएको गुनासो आए पछि यस्ता गतिविधि नियन्त्रण गर्न अनुगमनलाई अभियानकै रुपमा संचालन गरिएको भरतपुर महानगरपालिकाका शासकीय सुधार इकाई शाखाका अधिकृत थानेश्वर सापकोटाले जानकारी दिनुभयो ।
    अनुगमनको क्रममा गुणस्तरहिन खानेतेल, लोकल रक्सी, कुहिएको तरकारी, चुरोट तथा भोलालगायतका वस्तुहरु जनप्रतिनिधिहरुको रोहवरमा नष्ट गरिएको खाद्य प्रविति तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारीले जानकारी दिनुभयो ।
    कार्यक्रममा भरतपुर ७ का वडा अध्यक्ष राजेन्द्रमणि काफ्ले, कार्यपालिका सदस्य एवं बजार अनुगमन समितिका सदस्य विष्णु बहादुर भुजेल, वडा सदस्य अमृता गौतम, किरण अधिकारी, रिता दर्जी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी, उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णु भुषाल, प्रहरी प्रतिनिधि, पत्रकार, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो । उपभोक्ता सरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt