• घरभाडामा छुट दिन र यो वर्ष भाडा नवढाउन घरवेटीलाई उवासंघ चितवनको अपिल


    भरतपुर/आर्थिक जटिलताको कारण व्यवसायी आर्थिक समस्यामा परेको भन्दै उद्योग वाणिज्य संघ चितवनले घरभाडामा लगाउन घरधनीहरुलाई आफ्नो अनुकलता अनुसार घरभाडामा छुट दिन अपिल गरेको छ । देशमाव्याप्त चरम आर्थिक मन्दिका कारण व्यापार व्यवसायिक गतिविधिमा ह्रास आएको हुँदा व्यवसायीहरु घरभाडासमेत तिर्न नसक्ने अवस्थामा पुगेको संघले जनाएको छ ।
    कोभिड १९ र तत्पश्चात सिर्जित अवस्थाए वम् बैंक तथा वित्तीय संस्थाहरुले लिने गरेको चर्को बैंक ब्याजदरका कारण व्यवसायी ठूलो मारमा परेको वताउँदै उद्योग वाणिज्य संघ चितवनद्धारा जारी अपिलमा घर धनिहरुले कम्तिमा यो अवस्था सहज नहुंदासम्मको लागि घर भाडामा केहि प्रतिशत छुट दिनुहुन तथा घर वहाल सम्झौता बमोजीम यस बर्ष घरवहालमा बृद्धि गर्ने समय आएका घरधनिहरुले यो समयमा घरभाडामा बृद्धि नगरि राहत प्रदान गर्नुहुन अपिल गरिएको हो ।
    सर्वसाधारणको दैनिकी समेत अप्ठ्यारोे परिस्थितिबाट गुज्रीरहेको जनाउँदै अपिलपत्रमा यस किसिमका संकटको घडिमा सरोकारवाला सबै पक्षहरु वीच आपसी सद्भाव र सहिष्णुता झनै आवश्यक पर्ने हुंदा सो कायम गर्नुहुन समेत सम्बन्धित सबैलाई अनुरोध गरिएको छ । आगामी दिनमा आउन सक्ने आर्थिक संकट लगायत व्यवसायिक समस्या समाधानार्थ व्यवसायीहरु संगै रहि परिस्थितिको सामना गर्नको लागि उद्योग वाणिज्य संघ–चितवन सदैव तत्पर रहने प्रतिवद्धता समेत ब्यक्त गरिएको छ ।
    यसै सन्दर्भमा अर्को तर्फ घर वहाल समयमा नपाउंदा घर वहालमा आश्रित घरधनिलाई समेत अप्ठ्यारोे परेको संघले महसुस गरेको वताउँदै अपिलपत्रमा यस्तो परिस्थितिमा घर वहालमा लिने र दिने दुवै पक्ष आपसी समझदारीमा रहि परिस्थितिको सामना गर्नुपर्ने वाध्यात्मक परिस्थिति रहेको जनाईएको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt