• भरतपुर ४ का विभिन्न क्षेत्रमा बजार अनुगमन


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर महानगरपालिका वडा नं. ४ का विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएको छ । भरतपुर महानगरपालिकाले महानगर भित्र अखाद्य तथा गुणस्तरहिन खाद्य वस्तुको विक्री वितरण रोक्न बजार अनुगमनलाई तीब्रता दिएको हो । महानगरका विभिन्न क्षेत्रवाट गुनासो आउने क्रम वढ्न थालेपछि भरतपुर महानगरपालिकाले पछिल्लो समय अभियानको रुपमा दैनिक जसो अनुगमन गरिरहेको छ । यहि क्रममा सोमबार भरतपुर ४ का त्रिचोक र धर्मचोक क्षेत्रमा अनुगमन गरिएको हो ।
    अनुगमनको क्रममा शम्भु मिठाई पसल धर्मचोकमा अखाद्य अवस्थामा फेला परेको कोक, फेन्टा, ड्यु र पेप्सी गरि १६ वोतल नष्ट गरिएको भरतपुर महानगरपालिकाका शासकीय सुधार इकाई शाखाका अधिकृत थानेश्वर सापकोटाले जानकारी दिनुभयो । सोमबार भएको अनुगमनमा त्रिचोक किराना पसलबाट ३० वोतल अखाद्य अमिलो बरामद गरिको सापकोटाले जानकारी दिनुभयो ।
    सो अवसरमा त्रिचोक स्थित दाजुभाई मासु पसल, धर्मचोक स्थित शिव पाउरोटी उद्योग, त्रिचोक क्षेत्रका विभन्न किराना पसल लगायतका ठाउँमा अनुगमन गरिएको थियो । बजारमा अखाद्य वस्तु विक्री वितरणसंगै दैनिक उपभोग्य वस्तुको अनावश्यक तरिकाले वढि मुल्य लिने गरिएको गुनासो आए पछि यस्ता गतिविधि नियन्त्रण गर्न अनुगमनलाई अभियानकै रुपमा संचालन गरिएको सापकोटाले जानकारी दिनुभयो ।
    अनुगमन कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख घननाथ अधिकारी, कार्यपालिका सदस्य एवं बजार अनुगमन समितिका सदस्य विष्णु बहादुर भुजेल, उपभोक्ता अधिकार संरक्षण मञ्चका उपाध्यक्ष विष्णु भुषाल, वडा सदस्य विजय सापकोटा, प्रहरी प्रतिनिधि, पत्रकार, नगर प्रहरी लगायतको सहभागिता रहेको थियो । उपभोक्ता सरक्षण ऐन २०७५ को दफा २८ तथा ६४ ले स्थानीय निकायलाइ बजार अनुगमन गर्ने अनुमती प्रदान गरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt