• सुनचाँदी महिला समुहको कार्यालय उद्घाटन


    सन्तोष देवकोटा
    भरतपुर/भरतपुर १ दियालो रोड स्थित सुनचाँदी व्यवसायी महिला समुह चितवनको कार्यालय उद्घाटन गरिएको छ । सोमबार एक औपचारिक कार्यक्रमका विच नेपाल सुनचाँदी व्यवसायी महासंघका उपाध्यक्ष विपिन रामुदामुले सुनचाँदी व्यवसायी संघ चितवनको भवनमा उक्त कार्यालयको रिवन काटेर उद्घाटन गर्नु भएको हो ।
    सुनचाँदी व्यवसायी महिला समुहकी अध्यक्ष शान्ता थापा विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वोल्दै प्रमुख अतिथी रामुदामुले महिला पनि उद्यमशिलतामा लाग्नु पर्नेमा जोड दिँदै आफुले महासंघका तर्फवाट गर्नसक्ने सहयोगको लागि प्रतिवद्धता जनाउनु भयो । सुनचाँदी व्यवसायी महिला समुहकी महासचिव सिता सदाशंकरले संचालन गर्नु भएको कार्यक्रममा समुहकी उपाध्यक्ष कल्पना गोतामेले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो ।
    कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी संघ चितवनका पुर्व अध्यक्ष एवं महासंघका केन्द्रिय सदस्य जीवनज्योति सदाशंकर, संघका पुर्व अध्यक्ष एवं महासंघका केन्द्रिय सदस्य चित्र बहादुर खाती वि.क., संघका उपाध्यक्ष ज्ञानेन्द्र वराली, उत्सव खातीलगायतले वोल्नु भएको थियो । कार्यक्रममा सुनचाँदी व्यवसायी महिला समुहकी सल्लाहकार गंगादेवी वि.क.खाती, सल्लाहकार कमला घताने, निवर्तमान अध्यक्ष रुपा वरालीलगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt