• गणेशधाममा चार महिनामा १ लाख वढि भेटी संकलन


    भरतपुर/चितवनकै एक महत्वपुर्ण धार्मिक पर्यटकीय गन्तव्यको रुपमा स्थापित गणेश धाममा पछिल्लो चार महिनामा एक लाख १३ हजार तीन सय ८५ रुपैया भेटी (पैसा) संकलन भएको छ । भक्तजनहरुवाट दान पेटीकाामा नियमित संकलन भएको भेटी रकम शनिबार गणना गरिएको हो । गणेशधाम संरक्षण सम्बद्र्धन समिति अन्तरगतको पुजा व्यवस्थापन समितिले वैठक वसेर दानपेटीकामा संकनल भएको भेटी गणना गरेको हो ।
    गणेशधाम संरक्षण संबद्र्धन समितिका सचिव एवं पुजा व्यवस्थापन समितिका निमित्त संयोजक लालप्रसाद ढकालको अध्यक्षतामा सम्पन्न वैठकले परिचयात्मक कार्यक्रम सहित जिम्मेवारी वाँडफाँड र भेटी गणना गरेको हो । वैठकले मंगल चौथी लगायतका विशेष दिनहरुमा गणेशधाममा भक्तजनको भिड लाग्ने हुँदा पुजा व्यवस्थापन समितिका सवै पदाधिकारी तथा सदस्यहरु र अन्य दिनमा फुर्सदको समयमा मन्दिरमा उपस्थित हुने निर्णय भएको पुजा व्यवस्थापन समितिका सदस्य सचिव गोकर्ण कार्कीले जानकारी दिनुभयो ।
    साथै गार्ड कोठा, शौचालय, गणेशको विभिन्न मुर्तिहरु राख्न पर्खाल थप र आकर्षक छाना निर्माण कार्य जारी रहेको गणेशधाम संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष दिनेश कुमार चुकेले जानकारी दिनुभयो । गणेशधाम संरक्षण सम्बद्र्धन समितिको शनिबार सम्पन्न अनौपचारिक वैठकले बोलकबोल रकम उठाउनुको साथै गुरुयोजना अनुसार काम अगाडी बढाउने निर्णय भएको अध्यक्ष चुकेले जानकारी दिनुभयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt