• महाकालेश्वर आमा समुह र ज्योति विकास वैंकको आयोजनामा वित्तीय साक्षरता कार्यक्रम


    भरतपुर/महाकालेश्वर आमा समुह भरतपुर १० तथा ज्योती विकास वैंक नारायणगढ शाखाको संयुक्त आयोजनामा वर्तमान विषम आर्थिक परिस्थीतीलाई मध्यनजर गर्दै १ दिने वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । महाकालेश्वर आमा समुहकी अध्यक्ष नेत्र कुमारी पौडेल (सुवेदी) को सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष परमेश्वर खनाल प्रमुख अतिथी रहनु भएको थियो ।
    ज्योती विकास वैंक नारायणगढ शाखाकी शाखा प्रमुख दिल कुमारी सापकोटा तथा वडा स्तरीय आमा समुहकी अध्यक्ष अम्वीका पौडेल, महाकालेश्वर आमा समुहकी सल्लाहकार भगवती सापकोटा, कल्पना आचार्य एवम् गंगा अधिकारीको आतिथ्यता रहेकोे उक्त ज्ञान र शिक्षामुलक कार्यक्रममा महाकालेश्वर आमा समुहकी उपाध्यक्ष उर्मिला लामिछानेले स्वागत मन्तव्य राख्नुभएको थियो ।
    कार्यक्रममा ज्योती विकास वैंकका कार्ड एण्ड डिजिटल वैंकिङ्ग प्रमुख सुदिप ढकालले कार्यक्रमको विषयवस्तु माथी पावर प्वाइन्ट मार्फत वित्तीय साक्षरताका विविध क्षेत्रहरु, डिजिटल वैंकीङ्ग माथी सहभागीलाई प्रकाश पार्दै सहजीकरण गर्नुभएको उक्त कार्यक्रम संस्थाकी सचीव लक्ष्मी लामीछानेले सञ्चालन गर्नुभएको थियो । करिव २०० जनाको सहभागिता रहेको उक्त कार्यक्रमका वक्ताहरुले वित्तीय क्षेत्रका विविध विषयहरु, नमुना र महानगरका सम्पुर्ण वडाहरुकै नेतृत्वमा रहेको वडा नं. १० ले, महानगरले गरेका बजार अनुगमन, विकास निर्माणका कामहरु, महिला विकासको क्षेत्रका कार्यक्रम र सहभागीता सम्वन्धमा प्रकास पार्दै भविष्यमा महिलाका लागि कुनै योजना र कार्यक्रम गर्नुपर्ने देखेमा महानगरसंग सहकार्य गर्न आग्रह गर्नुभएको थियो ।
    कार्यक्रम समापनको क्रममा कार्यक्रमको अध्यक्षले महाकालेश्वर आमा समुहले सामाजिक, आर्थिक, सांस्कृतिक लगायत विभिन्न क्षेत्रमा पछाडी परेका महिला दिदी वहिनीहरुलाई अग्रसर वनाई हरेक क्षेत्रमा सक्षम वनाउदै समाजको रुपान्तरण गर्ने पवित्र उद्धेश्यका साथ सञ्चालित महाकालेश्वर आमा समुहको भुमिकाका वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा महाकालेश्वर आमा समुहका कार्यसमितिका पदाधिकारीहरु लगायत आजिवन सदस्य उल्लेख्य सहयोग र उपस्थित रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt