• चितवन रोटरी क्लवको अध्यक्षमा चन्द्रेश्वर भट्टराई


    सन्तोष देवकोटा

    भरतपुर/चितवनकै सवैभन्दा पुरानो रोटरी क्लवको रुपमा स्थापित रोटरी क्लव अफ चितवनको शुक्रबार सम्पन्न भेलाले चन्द्रेश्वर भट्टराईलाई अध्यक्षमा चयन गरेको छ । रोटरी क्लव अफ चितवनको भेलाले चन्द्रेश्वोर भट्टराईलाई रोटरी वर्ष सन् २०२३÷२०२४ कार्यकालको लागि अध्यक्ष चयन गरेको हो । रोटरी क्लव चितवनका बर्ष २०२२–२३ का अध्यक्ष दिपक प्रधानको अध्यक्षतमा भएको भेलाले बर्ष २०२३–२४ का लगि १९ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
    क्लबका निर्वाचित अध्यक्षमा भानु शर्मा, मनोनीत अध्यक्षमा डा. कृष्ण प्रसद पौडेल, प्रथम उपाध्यक्षमा रामचन्द्र अधिकारी, द्वितीय उपाध्यक्षमा गेहेन्द्र मान श्रेष्ठ, तृतीय उपाध्यक्षमा राजन पिया, सचिवमा कपिलबाबु खनाल, सहसचिवमा जनक कुमार ढकाल, कोषाध्यक्षमा लक्ष्मण अर्याल, सर्भिस प्रोजेक्ट चेअरमा पुरन सुवेदी, क्लब एडमिन चेयरमा ई. प्रदिप भट्टराई, पब्लिक इमेज चेयरमा गोपाल गैरे, टयारयाउ चेयरमा गोपाल भट्टराई, एडिटमा शिरीष पन्त, कोएडिटमा अमर घिमिरे, सर्जेन्ट अफ आर्ममा मनोज बर्नवल, सह सर्जेन्ट अफ आर्ममा रुपक श्रेष्ठ चयन हुनु भएको छ ।
    भरतपुर गार्डेन् रिसोर्टमा भएको कार्यक्रममा नवनिर्वाचित अध्यक्ष चन्द्रेश्वर भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो भने रोटरी क्लव अफ इन्टरनेशनल ३२९२ नेपाल भुटानका एसिस्टेण्ड गभर्नर सुरेश बहादुर सेन प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी सेनले क्लवले वर्षभरि गरेका कार्यहरुको प्रशंसा गर्नु भयो । कार्यक्रममा विशेष अतिथी विपिन पोखरेल रहनु भएको थियो भने अतिथीहरुमा आशिष भण्डारी, दिनुप वराल, पुर्व डिष्ट्रिक गर्भनर रविन्द्र कुमार पिया, सस्थापक अध्यक्ष के.एल. भुषण प्रधान, पुर्व अध्यक्ष उत्तमलाल चुकेलगायत रहनु भएको थियो ।
    भानु शर्माले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा वर्ष २०२२÷२३ का सचिव राजन पियाले आफ्नो कार्यकालमा सम्पन्न भएको कार्यक्रमहरुको वारेमा जानकारी गराउनु भएको थियो भने वर्ष २०२२÷२३ का अध्यक्ष दिपक प्रधानले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा वर्ष २०२३÷२४ का कोषाध्यक्ष लक्ष्मण अर्यालले आगामी योजनाको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा असिष्टेण्ड गभर्नर विपिन पोख्रेल, आशिष भण्डारी, पुर्व अध्यक्षहरुको तर्फवाट कल्याण जोशी, सस्थापक अध्यक्ष के.एल. भुषण प्रधानलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा एसिस्टेण्ट गभर्नर रोशी पौडेल, स्पाउस क्लवका अध्यक्ष पार्वती खनाल, रोट्याक्ट क्लव अफ आर सि चितवनका वर्ष २०२२÷२३ का अध्यक्ष अच्युत न्यौपाने, रोट्याक्ट क्लव वर्ष २०२३÷२४ का अध्यक्ष प्रभा गुरुङ, इन्ट्राक्ट क्लव अफ एसओएस स्कुलका सस्थापक अध्यक्ष रुचि पौडेललगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा क्लवका निर्वाचित अध्यक्ष कृष्ण प्रसाद पौडेलले धन्यवाद मन्तव्य व्यक्त गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt