• शिक्षक हकहित मञ्च चितवनको अध्यक्षमा प्रजा


    सन्तोष देवकोटा
    भरतपुर/शिक्षक हकहित मञ्च नेपाल चितवनको भेलाले दिनेश प्रजाको संयोजकत्वमा २५ सदस्यीय जिल्ला कार्यसमिति गठन भएको छ । नव निर्वाचित समितिको उपाध्यक्षमा ज्योति गुरुङ, महिला उपाध्यक्षमा वविता शर्मा, सचिवमा लोकराज बराल, सहसचिवमा शिवप्रसाद अर्याल, कोषाध्यक्षमा सन्दिप सुवेदी, सह–कोषाध्यक्षमा इन्द्रकुमारी गुरुङलगायत रहनु भएको छ ।
    यसैगरी भेलाले नवीन गुरुङ, अरुण प्रजा र केशब प्रजालाई प्रदेश प्रतिनिधिमा चयन गरेको छ । यसैगरी केन्द्रीय प्रतिनिधिमा देवबहादुर गुरुङ, दिनेश पन्त, ए.जि.परियार, पार्वती केसिी, पार्वती पन्त बस्नेत चयन हुनुभएको छ । यसैगरी भेलाले सल्लाहकार सदस्यमा विपिन पाठकलाई चयन गरेको छ ।
    कार्यक्रमको प्रमुख अतिथिका रुपमा शिक्षक हकहित मञ्च नेपालका केन्द्रीय अध्यक्ष ज्योति नारायण ढकाल, विशेष अतिथिका रुपमा केन्द्रीय कोषाध्यक्ष एवम् केन्द्रीय समितिका सदस्यहरुको उपस्थिति थियोे । निर्वाचित कार्यसमितिका पदाधिकारी एवं सदस्यहरुलाई शिक्षक हकहित मञ्चका केन्द्रीय अध्यक्ष ज्योति नारायण ढकाल र केन्द्रीय कोषाध्यक्ष सरस्वती अर्याल वाग्लेले टीका लगाइ बधाई तथा शुभकामना व्यक्त गर्नु भएको थियो ।
    साथै भेलाले नपुग अवधि थप गरि २०७५ चैत ४ पछि हालसम्मका स्थायी नियुक्ति लिएका शिक्षकहरुलाइ साविक बमोजिमकै पेन्सन उपलब्ध गराउनुपर्ने, अस्थायी करार, राहत, अनुदान शिक्षक, बाल विकास शिक्षक, विद्यालय कर्मचारी, विस्थापित शिक्षक लगायत सबै प्रकृतिका स्थायी, अस्थायी शिक्षकहरुको माग पूरा गर्नुपर्ने माग गरेको छ ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt