• आदर्श गृहको विदाई तथा पारिवारिक पुनर्मिलन कार्यक्रम


    सन्तोष देवकोटा
    भरतपुर/सामाजिक क्षेत्रमा क्रियाशिल अग्रणी सस्था आदर्श गृह नेपालले सस्थाको आयोजनामा सोमबार विदाई तथा पारिवारिक पुनर्मिलन कार्यक्रम सम्पन्न भएको छ । लामो समय गृहको संरक्षणमा रहेर एसईई सम्मको अध्यायन पुरा गर्नु भएको सुस्मिता गुरुङको विदाई तथा पारिवारिक पुनर्मिलन गराईएको हो । आदर्श नारी विकास केन्द्रद्धारा प्रवद्धित आदर्श गृहले औपचारिक कार्यक्रमको आयोजना गरि गुरुङलाई परिवारको जिम्मा लगाएको हो ।
    आदर्श गृहकी अध्यक्ष मिना खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी चिरन्जीवि शर्मा प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा वोल्दै प्रमुख अतिथी शर्माले आदर्श गृहले लैंगिक हिंसा प्रभावित, असहाय महिला किसोरी तथा वालवालिकाको संरक्षण र पुनस्थापनामा खेलेको भुमिकाको उच्च प्रसंशा गर्दै आगामी दिनमा कार्यालयको तर्फवाट गर्न सकिने सहयोगको लागि प्रतिवद्धता जनाउनु भयो । साथै उहाँले आदर्श गृहलाई एक्लो नसम्झन अनुरोध गर्नु भयो ।
    कार्यक्रममा शुभकामना मन्तव्य व्यक्त गर्दै भरतपुर ४ का वडाध्यक्ष अर्पण पोखरेलले आदर्श गृह समुदायको उदाहारणीय र गर्व गर्नलायक सस्था भएको वताउँदै केन्द्रलाई जग्गाको व्यवस्थाको लागि आफुले पहल गरिरहेको वताउँनु भयो । साथै उहाँले शिवघाट क्षेत्रमा केन्द्रको लागि जग्गा उपलव्ध गराउन सकिने जानकारी दिनुभयो ।
    कार्यक्रममा भरतपुर महानगरपालिका महिला वालवालिका शाखाकी निर्देशक शान्ता कुमारी पौडेल, खैरहनी ११ का वडाध्यक्ष दिपेन्द्र दराईलगायतले वोल्नु भएको थियो । शारदा शर्मा पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नु भएको कार्यक्रममा सस्थाकी अध्यक्ष खरेलले सस्थाको अवस्थाको वारेमा जानकारी गराउँदै कार्यक्रममा सहभागिहरुलाई धन्यवाद ज्ञापन गर्नु भएको थियो ।
    कार्यक्रममा आदर्श टोल विकास सस्थाका अध्यक्ष माधव लम्साल, प्रशासकीय अधिकृत आनन्द वंश न्यौपाने, जिल्ला प्रशासन कार्यालय चितवनका नासु विश्वास श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय चितवनकी प्रहरी निरीक्षक सरिता विश्कर्मालगायतको सहभागिता रहेको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt