• कोअपरेटिभ म्यानेजर्स क्लव चितवन गठन, अध्यक्षमा मेघनाथ लामिछाने चयन


    सन्तोष देवकोटा
    भरतपुर/चितवन जिल्लामा संचालित विभिन्न सहकारी (कोअपरेटिम)का व्यवस्थापक (म्यानेजर्स) हरुको भेलाले कोअपरेटिभ म्यानेजर्स क्लव चितवनको गठन गरेको छ । प्रारम्भिक सहकारी, जिल्ला संघ र बिषयगत संघहरुका व्यवस्थापन प्रमुखहरुको एक भेलाले मेघनाथ लामिछानेको अध्यक्षतामा प्रस्तावित कोअपरेटिभ म्यानेजर्स क्लव चितवनको ९ सदस्यीय तदर्थ समिति गठन गरेको हो । उक्त भेलाबाट गठित तदर्थ समितिको उपाध्यक्षमा गोविन्द सुबेदी, सचिवमा दीपक गौतम, कोषाध्यक्षमा अनिता न्यौपाने, सदस्यहरुमा विकास पौडेल, सिताराम सिलवाल, प्रेमप्रसाद ढकाल, लोकमाया ढकाल सुबेदी र नारायणप्रसाद सापकोटा चयन हुनु भएको छ ।
    जिल्लामा रहेका सहकारीहरुको गुणस्तरीयता सहितको दिगो विकास, अशल अभ्यासहरुको आदान प्रदान, सदस्यहरुलाई नीति, विधि र प्रविधिसहितको सुशासन, पारदर्शिता र जवाफदेहीताको पुर्ण प्रत्याभुति दिन, व्यवस्थापन प्रमुख र कर्मचारीहरुको ज्ञान, सिप र क्षमता विकास गर्ने मुख्य उद्देश्यले २०७५ बैशाखबाट अनौपचारीक रुपमा आफ्नो विविध गतिविधिहरु सन्चालन गर्दै आएको साकोस म्यानेजर्स क्लव चितवनलाई उक्त भेलाले प्रस्तावित कोअपरेटिभ म्यानेजर्स क्लव चितवनमा रुपान्तर गरेको हो ।
    साकोस म्यानेजर्स क्लव चितवनका अध्यक्ष मेघनाथ लामिछानेको संयोजकत्वमा आयोजित भेलामा प्रमुख अतिथि एवम् भरतपुर महानगरपालिका वडा नं. १० का वडा अध्यक्ष परमेश्वर खनालले पछिल्लो घटनाक्रमले सदस्यहरुले सहकारीलाई हेर्ने दृष्ट्रीकोणनै फरक भएको हुदा सहकारीलाई प्रविधीमैत्री बनाएर सदस्यहरुको मन जित्न व्यवस्थापन प्रमुखहरुलाई आग्रह गर्नु भयो ।
    भेलाका विशिष्ट अतिथि जिल्ला सहकारी संघ लि. चितवनका अध्यक्ष हरीप्रसाद पौडेलले व्यवस्थापन प्रमुखहरुको क्षमता विकास गरि दिगो सहकारी विकास गर्न क्लवलाई सफलताको शुभकामना दिनुभयो । साकोस म्यानेजर्स क्लव, चितवनका उपाध्यक्ष उमाकान्त पौडेलले भेलामा उपस्थित सबैलाई स्वागत तथा भेलाको उद्देश्य र औचित्य माथि प्रकाश पार्नु भएको थियो । क्लवका सचिव दीपक गौतमले भेला सञ्चालन गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt