• होटल व्यवसायी संघ चितवनका नवनिर्वाचित कार्यसमितिसंग औद्योगिक प्रवद्र्धनका विषयमा छलफल


    भरतपुर/चितवन उद्योग संघको आयोजनामा होटल व्यवसायी संघ चितवनका नव निर्वाचित कार्यसमितिलाई बधाई ज्ञापन गर्दै परिचयात्मक कार्यक्रम सम्पन्न भएको छ । औद्योगिक प्रवद्र्धनका विषयमा समेत छलफल गरिएको उक्त कार्यक्रम चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा अध्यक्ष कंडेलले स्वागतसँगै संघका गतिविधिहरुको बारेमा प्रकाश पार्नुभएको थियो भने होटल व्यवसायी संघ चितवन को २७ औं साधारणसभा तथा १३ औ अधिवेशनबाट नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा बधाई ज्ञापन गर्नु भएको थियो ।
    कार्यक्रममा मन्तव्य व्यक्त गर्दै होटल व्यवसायी संघ चितवनका अध्यक्ष लोकनाथ भट्ट(कृष्ण)ले संघसंगको सहकार्य अझै धेरै गर्दै जाने बताउनु भयो । कार्यक्रममा चितवन उद्योग संघका निवर्तमान अध्यक्ष राजु पौडेल, वरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपाने, उपाध्यक्षहरु मदन घिमिरे, गजेन्द्र अधिकारी, युगराज वस्ती, मदन चिरञ्जीवी पोखरेल, तारा बहादुर कार्की, कार्यसमिति सदस्य रामहरी कंडेल, महिला उद्यमी मञ्चका अध्यक्ष पार्वती कुंवर सुवेदी लगायतको उपस्थिती रहेको थियो ।
    चितवन उद्योग संघका कार्यकारी निर्देशक गणेशप्रसाद सिलवालले सञ्चालन गर्नुभएको कार्यक्रमलाई संघका वरिष्ठ उपाध्यक्ष सूर्य प्रसाद न्यौपानेले धन्यवाद मन्तव्य तथा भरतपुर भ्रमण वर्ष २०२४ मा हुने प्रदशनी मेला महोत्सव जस्ता कार्यक्रममा होटल व्यवसायी संघको सहकार्यको अपेक्षा सहित समापन गर्नुभएको थियो ।

     

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt