• रोट्याक्ट क्लव अफ चितवनको ३० औं पदस्थापन


    भरतपुर/रोट्याक्ट क्लव अफ चितवनको ३० औं पदस्थापना कार्यक्रम शुक्रबार चितवन गार्डेन रिसोर्ट भरतपुरमा क्लबका अध्यक्ष प्रभा गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ । कार्यक्रममा रोट्याक्ट क्लव अफ चितवनका रोटरी वर्ष सन् २०२२÷२३ का अध्यक्ष अच्युत न्यौपानेले रोटरी वर्ष २०२३/२४ का अध्यक्ष प्रभा गुरुङ्लाई पद हस्तान्तरण गर्नु भएको थियो । कार्यक्रममा विगत एक वर्षमा भएका कामको बारेमा समिक्षा गरिएको थियो भने निवर्तमान अध्यक्ष अच्युत न्यौपानेले आफ्नो कार्यकालमा विशेष सहयोग गर्नेलाई विभिन्न अवार्ड सहित सम्मान गर्नु भएको थियो ।
    रोटरी डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक गभर्नर रबीन्द्र पिया प्रमुख अतिथी रहनु भएको उक्त कार्यक्रममा मातृ क्लब चितवन रोटरी क्लबका अध्यक्ष चन्द्रेश्वर भट्टराई, रोट्याक् डिष्ट्रिक्ट ३२९२का निर्वाचित डि आर आर विक्रम क्षेत्री संस्थापक डि आर आर एवं रोट्याक्ट क्लव अफ चितवनका पुर्व अध्यक्ष राजन पिया, क्लबका संस्थापक अध्यक्ष निरञ्जन प्रधान विशेष अतिथी रहनु भएको थियो ।
    क्लबका पूर्व अध्यक्ष, रोटरियन, पदाधिकारी, सम्पूर्ण सदस्य तथा छिमेकी क्लबका सदस्यहरूको बाक्लो उपस्थिति बिच गुरुङ् नेतृत्वको नयाँ कार्यसमितिलाई स्वागत, शूभकामना एवं बधाई ज्ञापन गरिएको थियो । निर्वाचित डि आर आर विक्रम क्षेत्रीले अध्यक्ष प्रभा गुरुङ्लाई सपथ ग्रहण गराउनूभएको थियो ।
    क्लबका सचिव बिपाशा घिमिरे र सदस्य प्रजू पौडेलले संयुक्त सञ्चालन गरेको कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रमुख अतिथी रबीन्द्र पियाले सन् १९९४ मा रोटरी क्लब चितवन मार्फत यस रोट्¥याक्ट क्लव अफ चितवनका स्थापनाको दिन सम्झदै क्लब गरिमामय ३० औं पदस्थापना सम्म आईपुग्नू एउटा इतिहास भएको बताउदै क्लब मार्फत व्यतित्व विकाश र आफ्नो सिप, क्षमता बिकासमा लाग्न उपस्थित युवाहरुलाई मार्गनिर्देश गर्नु भयो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt