• व्यवसायी शाक्यको किताब विमोचन र लोकमान प्रवेशद्धार उद्घाटन


    सन्तोष देवकोटा
    भरतपुर/चितवनका स्थापित एवं सफल व्यवसायीको रुपमा परिचित ज्ञानेन्द्रमान शाक्यद्धारा निर्मित लोकमान प्रवेशद्धार र उहाँद्धारा प्रकाशित जीवनलाई फर्किएर हेर्दा पुस्तक विमाचन गरिएको छ । योगि नरहरी नाथ आश्रम तथा प्राकृतिक चिकित्सालयको सभाहलमा आयोजित एक औपचारिक कार्यक्रमका विच पुस्तक विमोचन गरिएको हो भने चिकित्सालयको मुल गेटमा निर्मित लोकमान प्रवेशद्धार उद्घाटन गरिएको हो ।
    कार्यक्रमका प्रमुख अतिथी बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रवेशद्धार उद्घाटन र पुस्तक विमोचन गर्नु भएको हो । कार्यक्रमका बोल्दै प्रमुख अतिथी जोशीले व्यवसायी ज्ञानेन्द्रमान शाक्यलाई धन र मन दुवै भएको व्यवसायीको रुपमा चर्चा गर्दै चिकित्सालयमा प्रवेशद्धार निर्माण गरि पुण्यको काम गर्नु भएको भन्दै धन्यवाद ज्ञापन गर्नु भयो । शाक्य परिवारलाई आफुले निकै पहिले देखि चिनेको वताउँदै उहाँले उक्त परिवार सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको वताउनु भयो ।
    कार्यक्रमका विशेष अतिथी प्रदेश सांसद कृष्ण प्रसाद सिलवालले चितवनले वागमती प्रदेशमा स्वास्थ्य मन्त्री पाएकोमा खुसी व्यक्त गर्नु भयो । मन्त्रीले चितवनका स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिनुपर्ने वताउँदै उहाँले जीवनलाई फर्किएर हेर्दा पुस्तकका लेखक ज्ञानेन्द्रमान शाक्यलाई यस्तै सामाजिक काममा सक्रिय भइरहन आग्रह गर्नु भयो । कार्यक्रममा वागेश्वरी आध्यात्मिक परिषद् तथा योगि नरहरीनाथ प्राकृतिक चिकित्सालयका अध्यक्ष शैलेन्द्र कुमार पियाले परिषद्को वारेमा जानकारी गराउनु भएको थियो ।
    कार्यक्रममा वोल्दै पुस्तकका लेखक एवं प्रकाशक ज्ञानेन्द्रमान शाक्यले आफु परिवारका सदस्यको साथ, सहयोग र समर्थनका कारण यहाँसम्म आईपुगेको वताउनु भयो । पुस्तकका लेखक एवं प्रकाशक शाक्यका छोरा युवा व्यवसायी निलेनमान शाक्यले वुवाले गर्ने सामाजिक काममा सदैव परिवारका सदस्यहरुको सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नु भयो । पत्रकार विरेन्द्रमणि पौडेलले संचालन गर्नु भएको कार्यक्रममा साहित्यकार एवं समालोचक डि.आर. पोखरेलले पुस्तकको वारेमा समालोचना र लेखक शाक्यको बारेमा चर्चा गर्नु भएको थियो ।

  • Samriddhi Technology
  • New title for a=>html, img=>alt
  • New title for a=>html, img=>alt